बुधबार, चैत ११, २०८२

‘सुटिङ हापेर भए पनि हेरिन्छ वर्ल्डकप'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- नायक विपिन कार्कीलाई विश्वकपभरि सुटिङ नपरिदिए हुन्थ्यो भन्ने लागेको छ । सुटिङ हापेर भए पनि उनी सबै खेल हेर्ने योजनामा छन् । 

फुटबलका पारखीहरू माझ विश्वकप तात्तातो चिया, कफीझैं बनेको छ । कार्की पनि आम पारखीभन्दा फरक छैनन् । भन्छन्, ‘खेलको माध्यमबाट राष्ट्र चिनिन्छ र त्यस राष्ट्रप्रति हेर्ने दृष्टिकोण बदलिन सक्छ ।’

उनको भनाइमा हरेक जितले सम्बन्धित मुलुक र त्यसको फुटबल टोलीप्रति आम मानिसको दृष्टि फेरिदिन्छ । चार वर्षमा आउने विश्वकपले यस्तै यथार्थ बोकेको लाग्छ, कार्कीलाई । 

विश्वकप खेल्न आतुर खेलाडीझैं उनीहरूका ‘फ्यान’ पनि खेल हेर्न हतारिएका छन् । कार्की पनि त्यस्तै हतारोमा छन् । 

 ‘टी–सर्ट लगाएर खेलाडीको प्रतिनिधित्व हुँदैन, त्यसैले किनेको छैन’


नायक कार्की अहिले चलचित्र ‘प्रसाद’को तयारीमा छन् । फिल्मको ‘स्क्रिप्ट’ पढिरहँदा उनलाई विश्वकपको ज्वरोले समातिसकेको छ । फिल्ममा आफ्नो ‘क्यारेक्टर’ बलियो तयारीमा लागेका छन्, उनी । विश्वकप छुट्छ कि भन्ने चिन्ता पनि छ, मनमा । भन्छन्, ‘विश्वकप छुटाउनै नहुने खेल हो ।’

हरेक फुटबल फ्यानलाई विश्वकप अवधिभर कसैले बसेको ठाउँबाट पनि नउठाइदेओस्जस्तो लाग्छ । कसैले काम पनि हत्तपत्त नअह्राइदेओस्जस्तो लाग्छ । कार्कीलाई पनि त्यस्तै लागिरहेको छ । 

चार वर्षमा धेरै परिवर्तन हुने भएकाले कुन देशका खेलाडीले कति खेल्न सक्छन् भन्ने हेरेपछि मात्रै बताउन सकिने उनी बताउँछन् । यसपटक इजिप्टको खेल हेर्न उत्सुक छन् । त्यसैले उनको समर्थन इजिप्टका खेलाडीहरूलाई छ । उक्त टिमका खेलाडीले राम्रो प्रदर्शन गर्ने उनको आशा छ । 

समूह ‘ए’को बलियो टोली इजिप्ट सन् १९९० पछि पहिलोपटक चयन भएको छ । इजिप्टले अफ्रिकी फुटबलमा उत्कृष्ट प्रदर्शन गरेको थियो । आफू अभिनयमा नयाँ–नयाँ ‘क्यारेक्टर’का साथ स्क्रिनमा देखिएजस्तै खेलाडी पनि नयाँ आएमा खेलमा नौलोपन देखिने कार्कीको बुझाइ छ । 

राम्रो खेलाडीप्रति आदर र ‘रफ’ खेलाडीप्रति फ्यानको वितृष्णा जाग्न सक्ने उनलाई लाग्छ । 

अनमोल केसीको अभिनय रहने फिल्म ‘क्याप्टन’ सुटिङको क्रममा छ, जसको कथा फुटबल खेलमाथि छ । नेपालमा पछिल्लो समय खेलहरू माथि फिल्म बन्दैछन् । नेपालको राष्ट्रिय खेल डण्डीबियोमाथि ‘डमरुको डण्डीबियो’ बन्यो । 

विश्वको ध्यान खिचिरहेको वल्र्डकप एक्लै बसेर हेर्दा मज्जा लाग्दैन, कार्कीलाई । भन्छन्, ‘ग्यादरिङमा हेर्नुको मजा छुट्टै हुन्छ ।’ त्यस्तै माहोलमा विश्वकप हेर्ने योजना बनाउँदैछन्, उनी ।

समूहमा बसेर खेलाडी र खेलको मूल्यांकन गर्नु थप मज्जा हुने उनी बताउँछन् । भन्छन्, ‘त्यसरी हेर्दा खेल र खेलाडीप्रतिको दृष्टिकोण क्लियर हुन्छ ।’ 

शायद विश्वकपमा उत्कृष्ट खेलाडीको मात्रै नाम हुन्छ । राम्रो प्रदर्शन गर्ने खेलाडीकै ‘फ्यान’ बढी हुन्छन् । फुटबलमा लगाव रहेका खेलाडी संसारभर धेरै छन् । ती सबैको नाम आम मानिसलाई जानकारीसम्म हुँदैन । सबैले आम मानिसबीच आफूलाई परिचित बनाउन सक्छन् भन्ने पनि छैन । 

‘१/२ खेलाडी मन पराएर पूरै खेलप्रतिको दृष्टिकोण बनाउन सकिँदैन,’ कार्की भन्छन्, ‘टी–सर्ट लगाएर खेलाडीको प्रतिनिधित्व हुँदैन, त्यसैले टी–सर्ट किनेको छैन ।’ 

शायद उनको विश्लेषण सही हो । खेल मैदानमा देखिने हो र त्यसमा हारजित हुन्छ नै । तर, कसले कतिखेर गोल हान्छ भन्ने खेल नसकिन्जेल थाहा हुँदैन । 

त्यसैले नायक कार्की विश्वकप छुटाउन चाहँदैनन् । निर्देशक/निर्मातालाई खेल अवधिभर सुटिङ नपारिदिन अनुरोध गर्ने सोचमा छन् । उनीहरूले सुटिङ रोक्न नचाहेको खण्डमा विकल्प खोज्ने बताउँछन् । भन्छन्, ‘सेमी–फाइनल र फाइनलचाहीं सुटिङ हापेर भए पनि हेरिन्छ ।’
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।