काठमाडौं– पछिल्लो २४ घण्टामा कोरोना संक्रमित हुनेमध्ये सबैभन्दा धेरै २० देखि २९ वर्ष उमेर समूहका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ८ हजार ६३६ जनामा कोरोना संक्रमण भएको छ। तीमध्ये २० देखि २९ वर्ष उमेर समूहका १ हजार ८६६ जना छन्।
यस्तै ३० देखि ३९ वर्षसम्मका १ हजार ८४८ जना संक्रमित भएका छन्। शून्य वर्षदेखि ९ वर्षसम्मका १८३ जना, १० देखि १९ वर्षसम्मका ६७६ जना र ४० देखि ४९ वर्ष उमेर समूहका एक हजार ४७७ जना संक्रमित थपिएका छन्।
मन्त्रालयका अनुसार ५० देखि ५९ उमेर समूहमा १ हजार १४२ जना, ६० देखि ६९ उमेर समूहमा ६७६ जना, ७० देखि ७९ वर्ष उमेर समूहका ३४९ जना संक्रमित भएका छन्।
यस्तै ८० देखि ८९ वर्ष उमेर समूहमा १२५ जना र ९० देखि १०० वर्ष उमेर समूहका २६ जनामा संक्रमण भएको छ। १९ जनाको भने उमेर खुलेको छैन।
