मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • निषेध आदेश लम्बियो, खाद्यान्न र तरकारी पसल पनि बन्द गरिने [सीडीओको आदेशसहित]

निषेध आदेश लम्बियो, खाद्यान्न र तरकारी पसल पनि बन्द गरिने [सीडीओको आदेशसहित]

काठमाडौं उपत्यकामा गत वैशाख १६ गतेदेखि जारी निषेध आदेश जेठ २० गतेसम्म थपिएको छ। 
 |  मंगलबार, जेठ ११, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ११, २०७८

काठमाडौं– काठमाडौं उपत्यकामा गत वैशाख १६ गतेदेखि जारी निषेध आदेश जेठ २० गतेसम्म थपिएको छ। काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले जेठ २० गतेसम्म निषेध आदेश जारी राख्ने निर्णय गरेको हो।

थप गरिएको अवधिमा खाद्यान्न, किराना पसल, तरकारी पसल तथा बजार, डिपार्टमेन्ट स्टोरलगायत अन्य पसल पूर्ण रूपमा बन्द गरिने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिए। उनका अनुसार थप भएको निषेध आदेश पहिलेभन्दा कडा हुनेछ।

यस्तै बैठकले मर्निङ वाक र इभिनिङ वाकमा रोक लगाउने र अत्यावश्यक बाहेक काममा हिँडडुल गर्न नदिने निर्णय गरेको छ।

बैठकले सरकारी कर्मचारी, सार्वजनिक संस्थान, बैंक र इन्टरनेट सेवाप्रदायकका कर्मचारीहरूलाई पनि निश्चित समयमा मात्रै हिँड्न दिने निर्णय गरेको छ। बिहान ९ः३० देखि १०ः३० र बेलुका ५ देखि ६ बजेसम्म कार्यालय आवतजावतका लागिमात्रै सवारीसाधन चलाउन पाउने निर्णय भएको छ।

प्रकाशित: May 25, 2021| 12:07 मंगलबार, जेठ ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।