पोखरा- गण्डकी प्रदेशको मन्त्रिपरिषद् बैठकले जेठ १६ गते गण्डकी प्रदेश सभाको बजेट अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको छ। मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले १६ गतेदेखि बजेट अधिवेशन बोलाउन प्रदेश प्रमुखलाई सिफारिस गरेको प्रदेश प्रमुख सचिवालयका हरि पौडेलले जानकारी दिए।
अधिवेशनमा आर्थिक वर्ष २०७८/७० को नीति तथा कार्यक्रम र बजेट पेस हुनेछ। त्यसअघि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले २९ गतेभित्र विश्वासको मत लिनु पर्नेछ। असार १ गते प्रदेशले बजेट ल्याउनुपर्ने प्रावधान छ।
यसअघि विषेश अधिवेशनमार्फत् विश्वासको मत लिने मनशाय राखेका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारको नीति तथा कार्यक्रम र बजेटसँगै विश्वासको मत लिने योजना बनाएका छन्।
मुख्मन्त्री गुरुङलाई विश्वासको मत लिन सहज भने छैन। अर्को सरकार बनाउन पनि संसदीय अंकगणित मिलेको देखिएको छैन।
