काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराबीच सोमबार राति भेटघाट नभएको सर्वोच्च अदालतले दाबी गरेको छ।
सर्वोच्चले आज मंगलबार विज्ञप्ति जारी गरी सोमबार राति ओली र राणाबीच भेट भएको भनी सञ्चारमाध्यमहरुमा आएको विवरण सत्य नभएको भन्दै त्यसमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। यस्ता हल्लाले न्यायपालिकाको स्वच्छता, आस्था र विश्वासमा प्रतिकूल प्रभाव पार्ने सर्वोच्चको भनाइ छ।
अदालतमा दर्ता हुन आएका विवादलाई लिएर न्यायसम्पादनलाई प्रतिकूल असर पार्न यस्तो समाचार आएको सर्वोच्चको दाबी छ।
प्रधानमन्त्री ओली र प्रधानन्यायाधीश राणाबीच भएको भेटबारे नेपाल समयले पनि समाचार प्रकाशित गरेको थियो।

