बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दाको सुनुवाइ शुक्रबार

प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दाको सुनुवाइ शुक्रबार

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथि पहिलो सुनुवाइको पेशी आउँदो शुक्रबारलाई तोकिएको छ। रिटको सुनुवाइ संवैधानिक इजलासमा हुनेछ।
 |  मंगलबार, जेठ ११, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ११, २०७८

काठमाडौं- प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथि पहिलो सुनुवाइको पेशी आउँदो शुक्रबारलाई तोकिएको छ। रिटको सुनुवाइ संवैधानिक इजलासमा हुनेछ।

संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आफूसहित पाँच जना न्यायाधीशको इजलास तोक्नेछन्। संवैधानिक इजलासको रोस्टरमा हाल १४ जना न्यायाधीश छन्।

तीमध्ये न्यायाधीश हरिकृष्ण कार्कीले यो रिट हेर्न मिल्दैन किनभने अघिल्लोपटक प्रतिनिधिसभा विघटनको मुद्दामा उनले आफूलाई अलग राखेका थिए। प्रधानन्यायाधीश राणाले संवैधानिक इजलासका लागि १३ जना न्यायाधीशबाट चार जना तोक्नेछन्।

प्रतिनिधिसभा विघठन लगायत पछिल्लो राजनीतिक घटनाक्रमसम्बन्धी सर्वोच्चमा ३० वटा रिट दर्ता भएका छन्। यीमध्ये अन्तरिम आदेश माग गरिएका १९ वटा रिटको सुनुवाइ बिहीबार र संवैधानिक बेञ्चमा सुनुवाइको माग गरिएका ११ वटा रिटको सुनुवाइ शुक्रबारका लागि तोकिएको हो।

प्रकाशित: May 25, 2021| 11:19 मंगलबार, जेठ ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।