काठमाडौं- औषधि व्यवस्था विभागले ६१ वटा ब्रान्डका स्यानिटाइजरमात्रै विभागमा दर्ता भएको भन्दै तीमात्रै प्रयोग अनुरोध गरेको छ। विभागले सूचना जारी गर्दै दर्ता भएका स्यानिटाइजरमात्रै प्रयोग गर्न अनुरोध गरेको हो।
मानव शरीरका लागि हानिकारक ह्यान्ड स्यानिटाइजर बजारमा छ्यापछ्याप्ती पाउन थालेपछि विभागले दर्ता भएका स्यानिटाइजर मात्रै बिक्री र प्रयोग गर्न सचेत गराएको हो।
विभागले बजारमा बिक्री भइरहेका ह्यान्ड स्यानिटाइजरको नमुना संकलन गरी राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा तोकिएको मापदण्ड विपरीत भेटिएकाले केही स्यानिटाइजर उत्पादन तथा बिक्रीमा रोक लगाइएको छ। नक्कली स्यानिटाइजरले स्वास्थ्यमा गम्भीर असर गर्ने विभागले जनाएको छ।
यी हुन् विभागमा दर्ता भएका स्यानिटाइजर

