बुधबार, भदौ १०, २०८३

बुटवल–भैरहवा सडकमा प्रदेशकै पहिलो ट्राफिक लाइट

सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–भैरहवा सडकको मणिग्राम चोकमा ट्राफिक लाइट जडान गरिएको छ।
 |  मंगलबार, जेठ ११, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ११, २०७८

बुुटवल– सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–भैरहवा सडकको मणिग्राम चोकमा ट्राफिक लाइट जडान गरिएको छ। रूपन्देहीको तिलोत्तमा नगरपालिकाले ६ लेन सडकको मणिग्राम चोकमा लुम्बिनी प्रदेशमै पहिलो पटक ट्राफिक लाइट जडान गरेको हो। 

बुटवल–भैरहवा सडकको मध्यभागमा पर्ने मणिग्राम चोकमा नगरपालिकाले आफ्नै स्रोतमा ट्राफिक लाइट व्यवस्थापन गरेको जनाएको छ। ट्राफिक लाइटको कन्ट्रोल मंगलापुरमा रहेको ट्राफिक प्रहरी पोष्टबाट हुनेछ।

ट्राफिक लाइटको मंगलबार शुभारम्भ गर्दै नगर प्रमुख वासुदेव घिमिरेले ट्राफिक लाइटको प्रभावकारितासँगै यसलाई ६ लेन सडकका अन्य चोकहरुमा समेत विस्तार गरिने जानकारी दिए। ट्राफिक लाइटको कन्ट्रोलका लागि चाहिने उपकरण व्यवस्थापनमा ट्राफिक प्रहरीलाई नगरपालिकाले सहयोग गर्ने उनले बताए। 

लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख डम्बर बहादुर विश्वकर्माले तिलोत्तमाले आफ्नै स्रोतमा ट्राफिक लाइटको व्यवस्थापन गर्नु अरुको लागि पनि अनुकरणीय रहेको बताए। उनका अनुसार तिलोत्तमामा जडान गरिएको लाइट लुम्बिनी प्रदेशमै पहिलो हो। 

ट्राफिक प्रहरीसँगको समन्वयमा ट्राफिक लाइट जडान गरेर तिलोत्तमाले प्रदेशमै नयाँ सन्देश दिएको उनको भनाइ छ। प्रदेश ट्राफिक प्रहरीले बुटवल—भैरहवा ६ लेन सडक अन्तर्राष्ट्रिय ट्राफिक नियमको परिपालना गर्ने–गराउने सडक भएकाले ट्राफिक लाइट व्यवस्थापन गर्नुपर्ने एसपि विश्वकर्माले बताए। 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक मनोज कुमार केसीले ट्राफिक लाइटको नियम परिपालना गराउन केही समय लाग्ने भए पनि यसमा सडक प्रयोगकर्ता अभ्यस्त हुनुपर्ने बताए। नगर उपप्रमुख जागेश्वरी चौधरीले प्रविधिको प्रयोगले ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउँदा दुर्घटना न्यूनीकरणमा टेवा पुग्ने बताइन्। तिलोत्तमा नगरपालिकाले सडकमा सौर्यबत्ती समेत जडान गरिसकेको अवस्थामा ट्राफिक लाइटले सवारी दुर्घटना न्यूनीकरणमा थप टेवा पुग्ने प्रवक्ता सुरेन्द्र श्रीले बताए। 
 

प्रकाशित: May 25, 2021| 09:37 मंगलबार, जेठ ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।