बुधबार, भदौ १०, २०८३

विपक्षी गठबन्धनको संयुक्त बैठक सिंहदरबारमा सुरु

छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल कम्युनिस्ट पार्ट (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेको असन्तुष्ट पक्षका नेता माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादवसहितका नेता सहभागी छन्।
 |  मंगलबार, जेठ ११, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ११, २०७८

काठमाडौं- प्रतिनिधिसभा विघटनविरुद्ध एकजुट भएका विपक्षी गठबन्धनको संयुक्त बैठक सिंहदरबारमा सुरु भएको छ। नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा बैठक सुरु भएको हो। आगामी रणनीति तय गर्नका लागि विपक्षी गठबन्धनको बैठक बसेको हो।

छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल कम्युनिस्ट पार्ट (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेको असन्तुष्ट पक्षका नेता माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादवसहितका नेता सहभागी छन्।

प्रतिनिधिसभा विघटनविरुद्ध सोमबार विपक्षी गठबन्धनले सर्वोच्च अदालतमा रिट दायर गरिसकेको छ। राजनीतिक र कानुनी लडाई गर्नुपर्ने निष्कर्ष निकालेको गठबन्धनले राजनीतिक रुपमा अब चाल्नुपर्ने कदमलगायतका विषयमा आजको बैठकमा छलफल गर्ने बताइएको छ।

प्रकाशित: May 25, 2021| 09:10 मंगलबार, जेठ ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।