बुधबार, भदौ १०, २०८३

निषेध आदेश थप कडा बनाउन सरोकारवालासँग छलफल

काठमाडौं उपत्यकामा जारी निषेध आदेश थप कडा बनाउन उपत्यकाका जिल्ला प्राशासनहरुले सरोकारवालासँग छलफल सुरु गरेका छन्। 
 |  मंगलबार, जेठ ११, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ११, २०७८

काठमाडौं– काठमाडौं उपत्यकामा जारी निषेध आदेश थप कडा बनाउन उपत्यकाका जिल्ला प्राशासनहरुले सरोकारवालासँग छलफल सुरु गरेका छन्। 

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले तरकारी किसान लगायतसँग निषेध आदेश थप कडा बनाउने विषयमा छलफल थालेका हुन्।

काठमाडौंकी सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरेले निषेध आदेश थप कडा गर्ने सम्बन्धमा छलफल भइरहेको जानकारी दिइन्। ‘तरकारी व्यवसायीसँग छलफल गर्नको लागि सरहरु बस्नु भएको छ,’ उनले भनिन्, ‘छलफलपछि केही निर्णय हुन्छ।’ 

यसअघि कोभिड १९ को दोस्रो लहर नियन्त्रण गर्न भन्दै सरकारले गत १६ वैशाखदेखि उपत्यकासहीत विभिन्न जिल्लामा निषेध आदेश जारी गरेको थियो। तर, संक्रमण दर घट्न नसकेपछि उपत्यका निषेध आदेश थप्ने र कार्यान्वयनमा थप कडाइ गर्ने सम्बन्धमा छलफल भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेले बताइन्।
 

प्रकाशित: May 25, 2021| 08:41 मंगलबार, जेठ ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।