बुधबार, भदौ १०, २०८३

मोरङमा थप १३ संक्रमितको मृत्यु

मोरङमा पछिल्लो २४ घण्टामा १३ संक्रमितको मृत्यु भएको छ। 
 |  मंगलबार, जेठ ११, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ११, २०७८

विराटनगर – मोरङमा पछिल्लो २४ घण्टामा १३ संक्रमितको मृत्यु भएको छ। 

नोबेल शिक्षण अस्पताल विराटनगरमा आठ, कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्र, विराटनगर र विराट शिक्षण अस्पताल, बूढीगंगामा २–२ र न्युरो अस्पतालमा एक संक्रमितको मृत्यु भएको हो। 

मोरङको जहदा–१ का ३२ वर्षीय पुरुषको मंगलबार बिहान ७ बजेतिर मृत्यु भएको छ। 

नोबेल अस्पतालका प्रबन्धक नारायणप्रसाद दाहालका अनुसार विराटनगर महानगरपालिका–३ का ७९ वर्षीय पुरुष, विराटनगर–१३ की ३१ वर्षीया महिला, मोरङको सुन्दरहरैँचा नगरपालिका-१० की ६५ वर्षीया महिला, संखुवासभाको खाँदबारी नगरपालिका–७ का ५९ वर्षीय पुरुष, सुनसरीको इटहरी उपमहानगरपालिका-१७ की ७० वर्षीया महिला, सप्तरीको राजविराज–९ की ७० वर्षीया महिला, सर्लाही बरमपुरी–७ का ३२ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो। उनीहरू सबैको मंगलबार बिहान मृत्यु भएको दाहालले बताए।   

विराट शिक्षण अस्पताल बूढीगंगामा विराटनगर–५ की ५० वर्षीया महिलाको मंगलबार बिहान १० र  सुनसरीको दुहवी–१ की ६५ वर्षीया महिलाको सोमबार राति ९ बजेतिर मृत्यु भएको अस्पताल इन्चार्ज सुनिल देवले जानकारी दिए। 

कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा विराटनगर–१० का ८४ वर्षीय पुरुषको सोमबार राति १०ः४५ बजे र मोरङको बेलबारी नगरपालिका–७ की ४० वर्षीया महिलाको राति ११ बजेतिर मृत्यु भएकोे केन्द्रका सूचना अधिकारी अनुपम राजवंशीले बताए। 

विराटनगरको न्युरो अस्पतालमा विराटनगर–१० का ६९ वर्षीय पुरुषको सोमबार राति ८ः२० बजेतिर मृत्यु भएको अस्पतालले जनाएको छ। 

प्रकाशित: May 25, 2021| 07:57 मंगलबार, जेठ ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।