बुधबार, भदौ १०, २०८३

बिएण्डसीले झुटा आरोप लगाएको भन्दै आपत्ति जनायो

अस्पतालको नामसँग जोडिएर झुटा तथा भ्रम फैलाउने काम गरेको भन्दै झापास्थित बिएण्डसी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरले आपत्ति जनाएको छ। 
 |  मंगलबार, जेठ ११, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ११, २०७८

काठमाडौं – अस्पतालको नामसँग जोडिएर झुटा तथा भ्रम फैलाउने काम गरेको भन्दै झापास्थित बिएण्डसी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरले आपत्ति जनाएको छ। 

सोमबार डा. गोविन्द केसी तथा जीवन क्षेत्रीले अस्पताल तथा प्रधानमन्त्रीको नामसम्म जोडिएर अनावश्यक रुपमालगाएका भ्रामक, झुठा र अनर्गल आरोपप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।  

डा. केसीले झापाको प्रस्तावित बीएण्डसी मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईं प्रधानमन्त्रीको आर्थिक र राजनीतिक साझेदार रहेको भन्दै बिएन्सीलाई  गैरकानुनी रुपमा सम्बन्धन दिलाउन खोजेको विज्ञप्तीमार्फत आरोप लगाएका थिए।

अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले मंगलबार एक विज्ञप्ति जारी गर्दै त्यस्ता गतिविधिहरू अतिरञ्जितबाहेक अन्य केही नभएको विज्ञप्तीमा उल्लेख गरेका छन्। प्रसाईंले अस्पातलका सम्बन्धमा डा. गोविन्द केसी र उनका समर्थकले लगाएको आरोपप्रति कुनै सत्यता नरहेको दावी गरेका छन्।

जारी विज्ञप्तीमा भनिएको छ,‘कोभिड १९ महामारीले नेपाल र नेपालीलाई आक्रान्त पारेको यस विकराल अवस्थामा नेपाली जनताको जीवनरक्षामा दिन रात नभनी स्वास्थ्य उपचारमा सर्मपित यस संस्था र मुलुकका सम्माननिय प्रधानमन्त्रीज्यु उपर निजद्धारा बिदेशी भूमिमा बसेर लगाइएका यस किसिमका भ्रामक तथ्यहिन, झुटा र नित्कृष्ठ गालीगलौच तथा आरोप आक्षमको घोर निन्दा र भत्सर्ना गर्दछौं।’

प्रकाशित: May 25, 2021| 07:45 मंगलबार, जेठ ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।