काठमाडौं- बर्दियाको गेरुवा गाउँपालिका वडा नम्बर १ सरखोल खचकपुरमा हात्तीको आक्रमणबाट आमाछोरीको मृत्यु भएको छ।
सोमबार राति ९ बजेतिर ३७ वर्षकी चन्द्रा बिक र उनकी छोरी ३ वर्षकी दिपिका बिकलाई घरमै बसिरहेको बेला बर्दिया राष्ट्रिय निकिञ्जबाट दुई वटा जंगली हात्ती आई आक्रमण गरेको प्रहरीले जनाएको छ।
हात्तीले दुवै जनालाई आक्रमण गरी आफ्नो सुँडमा उठाई घरबाट करिब ३० मिटर टाढा लगी छोडेकोमा आमाको घटनास्थलमै मृत्यु भएको र छोरीलाई अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो।