बुधबार, भदौ १०, २०८३

चक्रवात ‘यास्’ को असर नेपालमा, सतर्कता अपनाउन आग्रह

बंगालको खाडीमा रहेको शक्तिशाली चक्रवात ‘यास्’ को असर नेपालमा पनि परेको छ।
 |  मंगलबार, जेठ ११, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ११, २०७८

काठमाडौं – बंगालको खाडीमा रहेको शक्तिशाली चक्रवात ‘यास्’ को असर नेपालमा पनि परेको छ। जसकारण देशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ। 

यसको असर शनिबारसम्म रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सो चक्रवात उत्तरदेखि उत्तरपश्चिमतर्फ जाने अनुमान गरिएको छ। 

आज साँझसम्म चक्रवात अझ शक्तिशाली हुने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। साथै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात र वर्षाको सम्भावना पनि रहेको महाशाखाको भनाइ छ।

यस प्रणालीलाई महाशाखाले निरन्तर अनुगमन गरिरहेको जनाएको छ। 

प्रकाशित: May 25, 2021| 06:39 मंगलबार, जेठ ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।