बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आफ्नै फोटो टाँसिएका सिलिन्डरबारे मन्त्रीको भनाइ- मेरै खर्चमा सहयोग गरेको हुँ

आफ्नै फोटो टाँसिएका सिलिन्डरबारे मन्त्रीको भनाइ- मेरै खर्चमा सहयोग गरेको हुँ

अक्सिजन सिलिन्डरमा आफ्नै फोटो टाँसेका वनमन्त्री प्रेम आलेले आफ्नै खर्चमा सहयोग गरेको बताएका छन्। 
 |  मंगलबार, जेठ ११, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ११, २०७८

काठमाडौं- अक्सिजन सिलिन्डरमा आफ्नै फोटो टाँसेका वनमन्त्री प्रेम आलेले आफ्नै खर्चमा सहयोग गरेको दाबी गरेका छन्। चीनबाट अनुदानमा आएको सिलिन्डरमा आफ्नो फोटो टाँसेको भन्दै तीव्र आलोचना भएपछि मन्त्री आलेले यस्तो दाबी गरेका हुन्। 

आफ्नो व्यक्तिगत खर्चमा सिलिन्डर ल्याएको भन्दै उनले केही मिडियाले आफूलाई बदनाम गर्न खोजेको उनको आरोप छ। ‘मैले चीनबाट व्यक्तिगत खर्चमा मगाएको हुँ, ममाथि मिथ्या आरोप लगाइयो,’ मन्त्री आलेले भने।  

आफूले १५ वटा स्वास्थ्य विभागबाट प्राप्त गरेको र ११० वटा स्वयं खरिद गरेर ल्याएको उनको दाबी छ। ‘आपतका बेला सहयोग गर्नुपर्छ भन्ने लागेर सहयोग गरेको हुँ,’ उनले जिकिर गरे, ‘७५ वटा सिलिन्डर डोटीलाई र ५० वटा धनगढीस्थित सेती प्रादेशिक अस्पताललाई दिइएको छ।’

साथै डेढ लाख मास्क डोटीमा र ५० हजार मास्क सेती अस्पताललाई उपलब्ध गराएको उनको भनाइ छ। 

यसैबीच सेती प्रादेशिक अस्पतालले जेठ ७ गते विथ म्यानेज्मेन्ट प्रालि काठमाडाैंलाई लेखेकाे पत्र सार्वजनिक भएकाे छ। पत्रमा ५० वटा अक्सिजन ग्याससहितकाे सिलिन्डर र ५० हजार थान मास्क मन्त्री आलेले व्यक्तिगत रूपमा सहयाेग गर्न चाहेकाले उनीबाटै भुक्तानी लिएर उपलब्ध गराइदिन भनिएकाे छ।

प्रकाशित: May 25, 2021| 06:07 मंगलबार, जेठ ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।