बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्राध्यापक संघका नौ पूर्व अध्यक्षले भने– राष्ट्रपति पदको अवमूल्यन भयो

प्राध्यापक संघका नौ पूर्व अध्यक्षले भने– राष्ट्रपति पदको अवमूल्यन भयो

नेपाल प्राध्यापक संघका पूर्व अध्यक्षहरुले संविधानको संरक्षकका रुपमा रहेको राष्ट्रपतिबाट संवैधानिक व्यवस्था विपरीत संसद विघटन गरिनुले राष्ट्रपति पदको गरिमाको नै अवमूल्यन भएको बताएका छन्। 
 |  सोमबार, जेठ १०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १०, २०७८

काठमाडौं– नेपाल प्राध्यापक संघका पूर्व अध्यक्षहरुले संविधानको संरक्षकका रुपमा रहेको राष्ट्रपतिबाट संवैधानिक व्यवस्था विपरीत संसद विघटन गरिनुले राष्ट्रपति पदको गरिमाको नै अवमूल्यन भएको बताएका छन्। 

संघका पूर्व अध्यक्षहरु प्रा.डा. कमलकृष्ण जोशी, प्रा. कपिल श्रेष्ठ, प्रा. डा. विनोदकुमार श्रेष्ठ, प्रा. केशवानन्द गिरी, प्रा.भीमसेनदास प्रधान लगायतले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रपति जस्तो गरिमामय पदमा आसीन व्यक्तिबाट सरकारले संविधानविपरीत गरेको प्रतिनिधिसभा विघटनको सिफारिस सदर गरिनुले सो पदको गरिमाको नै अवमूल्यन भएको प्रतिक्रिया दिएका हुन्। 

‘संविधानविपरीत प्रधानमन्त्रीले चालेका पटकपटकको गलत कदममा राष्ट्रपतिलेसमेत साथ दिनु सर्वोच्च अदालतको मानहानिको विषयसमेत हो। यस्तै संविधानको संरक्षकका रुपमा रहेको राष्ट्रपतिको सो कदमले राष्ट्रपति पदको गरिमाको नै अवमूल्यन भएको हाम्रो ठहर छ’, विज्ञप्तिमा उल्लेख छ। 

संसद् विघटन संविधान लोकतन्त्र, जनमत र संसदीय व्यवस्थाको मर्मविपरीत संविधानको व्यवस्थाभन्दा बाहिर गएर स्वेच्छाचारी ढंगबाट गरिएको आरोप

विज्ञप्तिमा गत ५ पुसमा भएको प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतबाट बदर गरिएको फैसलाको पूर्ण पाठसमेत नआउँदै पुनः विघटन गरिनु झनै अदालतको समेत अवहेलनाको विषय भनिएको छ। ‘११ फागुनमा भएको सर्वोच्चको फैसलामा ‘प्रतिनिधि सभा विघटनपूर्व धारा ७६ का उपधारा (१), (२), (३) र (५) को समग्र बनोट हेर्दा प्रधानमन्त्री नियुक्तिमा एकपछि अर्को प्रक्रिया अभ्यासगत रुपमा प्रतिनिधिसभा भित्र क्रियान्वयन हुँदै प्रधानमन्त्री नियुक्त हुन नसकेको वा विश्वासको मत प्राप्त गर्न नसकेको अवस्था सृजना भएमा त्यस्तो बाध्यात्मक अवस्थामा मात्रा धारा ७६ को उपधारा (७) बमोजिम तत्काल बहाल रहेका प्रधानमन्त्रीको सिफारिसमा प्रतिनिधिसभा विघटन हुन सक्ने,’ भनिएको छ’ प्राध्यापक संघका पूर्व अध्यक्षहरुले भनेका छन्। 

उनीहरुले संवैधानिक व्यवस्थाअनुसार प्रधानमन्त्रीले प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्नेमा गरिमामय संसदको समेत अवमूल्यन गरिएको र संसद् विघटन संविधान लोकतन्त्र, जनमत र संसदीय व्यवस्थाको मर्मविपरीत संविधानको व्यवस्थाभन्दा बाहिर गएर स्वेच्छाचारी ढंगबाट गरिएको आरोप लगाएका छन्। 

विज्ञप्तिमा सरकारको प्राथमिकता कोरोना महामारी नियन्त्रण र जनताको जीवनरक्षाका पक्षमा हुनुपर्नेमा कोरोना महामारीसँग जुधिरहेका जनताप्रति राज्यको उत्तरदायित्व बहन नभएको समेत सो कदमले देखाएको उल्लेख छ। 

अदालतबाट संविधानको मर्म, जनभावना र राष्ट्रको हितमा नै आदेश हुने अपेक्षा

‘यस्तो महामारीका समयमा टोल, गाउँ र सिंगो देश नै पीडामा परिरहेको अवस्थामा सरकारले निर्वाचन घोषणा गर्नु जनतामाथिको बेवास्ताको अर्को पराकाष्ठा हो। यो बेला सबै राजनीतिक दलको सहमति र सहकार्यबाट जनताको जीवनरक्षाका लागि आवश्यक औषधि, अक्सिजन, भेन्टिलेटर र भ्याक्सिनको व्यवस्था गर्ने तर्फ केन्द्रित हुनुपर्छ’, विज्ञप्तिमा भनिएको छ। 

प्रतिनिधिसभा विघटन गर्ने सरकारको असंवैधानिक कदमविरुद्ध सवोच्च अदालतमा रिट दायर भइसकेको अवस्थामा अदालतबाट संविधानको मर्म, जनभावना र राष्ट्रको हितमा नै आदेश हुने अपेक्षा उनीहरुको छ। विज्ञप्तिमा प्रा. खगेन्द्रप्रसाद भट्टराई, प्रा.डा. भूपति ढकाल ‘कमल’, प्रा. रामेश्वर उपाध्याय र प्रा. गुणनिधि न्यौपानेले हस्ताक्षर गरेका छन्।

प्रकाशित: May 24, 2021| 15:42 सोमबार, जेठ १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।