बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • हामीलाई कारबाही गर्नु हास्यास्पद छ, यो केपी गुटको फुटवादको निरन्तरता हो : भीम रावल

हामीलाई कारबाही गर्नु हास्यास्पद छ, यो केपी गुटको फुटवादको निरन्तरता हो : भीम रावल

नेपाल कम्युनिस्ट पार्टीका नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओली पक्षले आफूहरूलाई कारबाही गर्नु हास्यास्पद भएको टिप्पणी गरेका छन्। सोमबार साँझ ट्विट गर्दै नेता रावलले यस्तो टिप्पणी गरेका हुन्। 
 |  सोमबार, जेठ १०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १०, २०७८

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओली पक्षले आफूहरूलाई कारबाही गर्नु हास्यास्पद भएको टिप्पणी गरेका छन्। सोमबार साँझ ट्विट गर्दै नेता रावलले आफूहरूमाथिको कारबाही ओली गुटको फुटावादको निरन्तरता भएको समेत टिप्पणी गरेका हुन्। 

ओली पक्षले पार्टी विधान मिच्दै मनपरी गर्ने, संविधान उल्लङ्घन गर्ने, देशको अस्मिता र अस्तित्वमा आघात पार्ने नागरिकता वितरणलगायतका राष्ट्रघाती कुकृत्य गरेकोसमेत नेता रावलको आरोप छ। 

'देशलाई अस्तव्यस्त बनाउने केपी गुटले हामीलाई पार्टी सदस्यबाट निष्कासित गरियो भन्नु हास्यास्पद छ। यो केपी गुटको फुटवादकै निरन्तरता हो,' रावलको ट्विटमा उल्लेख छ। 

सोमबार नै ओली पक्षले वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल र भीम रावलसहित विघटित प्रतिनिधिसभाका ११ जना सांसद पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको थियो। 

ओली पक्षले रामकुमारी झाँक्री, मुकुन्द न्यौपाने, कलिला खातुन, सरला यादव, पुष्पाकुमारी कर्ण, निरादेवी जैरु, पुष्पा कर्ण कायस्थ र कल्याणी खड्कालाई पनि निष्काशन गरेको छ। 

स्थायी कमिटी बैठकले १२ जना सांसदलाई भने स्थायी कमिटी बैठकले २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। सर्वोच्च अदालतमा रिट हाल्न हस्ताक्षर गर्ने सांसदलाई पार्टीले अल्टिमेटम दिएको हो।

ती सांसदहरू हुन्- विरोध खतिवडा, जीवनराम श्रेष्ठ, घनश्याम भुसाल, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, भवानी प्रसाद खापुङ, यज्ञ सुनुवार, सुरेन्द्र पाण्डे, मेटमणि चौधरी, दिपक प्रकाश भट्ट र नारायण खतिवडा।

प्रकाशित: May 24, 2021| 14:43 सोमबार, जेठ १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।