बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रधानमन्त्री ओलीको कदमविरुद्ध मोरङमा ४ दलीय मोर्चाबन्दी

प्रधानमन्त्री ओलीको कदमविरुद्ध मोरङमा ४ दलीय मोर्चाबन्दी

प्रतिनिधिसभाको विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम विरुद्ध मोरङमा ४ राजनीतिक दलले मोर्चाबन्दी सुरु गरेका छन्।
 |  सोमबार, जेठ १०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १०, २०७८

विराटनगर- प्रतिनिधिसभाको विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम विरुद्ध मोरङमा ४ राजनीतिक दलले मोर्चाबन्दी सुरु गरेका छन्। नेपाली कांग्रेस मोरङका जिल्ला कार्यालयमा सोमबार बसेको कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले (नेपाल–खनाल पक्ष) र जनता समाजवादी पार्टी (उपेन्द्र पक्ष) समेतको जिल्लास्तरीय बैठकले प्रतिनिधिसभा विघटनको विरुद्धमा मोर्चाबन्दी सुरु गरेको हो।

चारै दलहरुको तर्फबाट संयुक्त विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीले गत जेष्ठ ७ गते मध्यरातमा चालिएको कदम अलोकतान्त्रिक, असंवैधानिक, जनविरोधी तथा राष्ट्रघाती भएको दाबी गर्दै घोर निन्दा एवं भर्त्सना समेत गरेको छ। 

‘प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको मिलेमतोमा पुनः यही जेष्ठ ७ गते मध्यरातमा चालिएको अलोकतान्त्रिक, असंवैधानिक, जनविरोधी तथा राष्ट्रघाती कदमको हामी मोरङ जिल्लास्थित राजनीतिक पार्टीहरू घोर निन्दा एवं भर्त्सना गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ, ‘मुलुक कोभिडको महामारीले आक्रान्त भएको यस विषम परिस्थितिलाई पूर्ण रूपमा बेवास्ता गरी चालिएको यस्तो गलत कदमका विरुद्धमा न्यायिक एवम् राजनीतिक रूपमा प्रतिवाद गर्न सम्पूर्ण न्यायप्रेमी, जनता तथा सम्पूर्ण लोकतन्त्रवादी शक्तिलाई हामी अपिल गर्दछौं।’ 

विज्ञप्तिमा कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बू, माओवादी केन्द्रका जिल्ला सचिव गणेश उप्रेती सुशील, नेकपा एमाले (नेपाल–खनाल पक्ष)का सचिव राजन केसी र जनता समाजवादी पार्टी मोरङका अध्यक्ष राजकुमार यादवले हस्ताक्षर गरेका छन्। 

संवैधानिक व्यवस्था अनुसार बहुमत संसद् सदस्यहरूको माग दाबीलाई न्यायिक मान्यता दिई संविधानको धारा ७६ (५) अनुसार शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठनगरी मुलुकको वर्तमान राजनीतिक संकटको निकास यथाशीघ्र निकाल्नसमेत चार दलको माग छ। 

प्रकाशित: May 24, 2021| 14:19 सोमबार, जेठ १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।