बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • निषेध आदेश उल्लंघन गर्ने १ लाख सवारी साधन प्रहरीको नियन्त्रणमा

निषेध आदेश उल्लंघन गर्ने १ लाख सवारी साधन प्रहरीको नियन्त्रणमा

नयाँ भेरियन्ट सहितको कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई?’ कार्यक्रम अन्तर्गत हालसम्म ४ लाख ४२ हजार ३ सय १ जनालाई नि:शुल्क मास्क वितरण गरिएको छ। 
 |  सोमबार, जेठ १०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १०, २०७८

काठमाडौं- विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा उल्लंघन गर्ने १ लाखभन्दा बढी सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले दिएको जानकारी अनुसार हालसम्म १ लाख १ हजार २६४ वटा सवारी साधनलाई नियन्त्रणमा लिइएको हो। यीमध्ये ३३ हजार ३ सय ७८ वटा गाडी र ६७ हजार ८ सय ८६ वटा मोटरसाइकल छन्। नियन्त्रणमा लिएका सवारी साधनहरुलाई आवश्यक सोधपुछ पछि छोड्ने गरिएको छ। 

नयाँ भेरियन्ट सहितको कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई?’ कार्यक्रम अन्तर्गत हालसम्म ४ लाख ४२ हजार ३ सय १ जनालाई नि:शुल्क मास्क वितरण गरिएको छ। 

स्वास्थ्य मापदण्ड उल्लंघन गर्ने २२ हजार ५ सय ३७ जनाबाट २२ लाख १५ हजार ५ सय २९ रुपैयाँ जरिवाना संकलन गरिएको समेत प्रहरीले जनाएको छ। साथै ३ लाख ६ हजार २ सय ६८ जनालाई रोकी सम्झाई बुझाई छाडिएको छ।

देशभर गरिएका ८ हजार ९ सय ११ वटा माईकिङ, प्लेकार्ड, पर्चापम्प्लेट सहितको सचेतनामूलक कार्यक्रम अन्तर्गत हालसम्म १३ लाख ७३ हजार ६० जनालाई सचेत गराइएको छ। कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि हालसम्म ४८ हजार ३९ जना प्रहरी कर्मचारीहरु परिचालित भएका छन्। 

प्रकाशित: May 24, 2021| 13:33 सोमबार, जेठ १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।