बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • संक्रमण बढेको भन्दै बैंकका शाखा सञ्चालनमा कडाई, काठमाडौंमा ३ शाखा मात्र खोल्न पाइने

संक्रमण बढेको भन्दै बैंकका शाखा सञ्चालनमा कडाई, काठमाडौंमा ३ शाखा मात्र खोल्न पाइने

निषेधाज्ञाका समयमा काठमाडौं जिल्लामा 'क' वर्गका वाणिज्य बैंकले तीन शाखा मात्र सञ्चालन गर्न पाउने भएका छन्। 'ख' वर्गका विकास बैंकले काठमाडौं जिल्लामा दुई र फाइनान्स कम्पनीले एउटा मात्र शाखा खोलेर सेवा दिन राष्ट्र बैंकको निर्देशन छ। 
 |  सोमबार, जेठ १०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १०, २०७८

काठमाडौं- नेपाल राष्ट्र बैंकले कोरोना संक्रमण बढेको भन्दै बैंक तथा वित्तीय संस्थाका शाखा सञ्चालनमा कडाई गरेको छ। राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरूलाई सोमबार सूचना जारी गरी सीमित शाखा मात्र सञ्चालन गर्न निर्देशन दिएको हो। राष्ट्र बैंकले आलोपालो प्रणालीमा शाखा सञ्चालनको व्यवस्था गर्न निर्देशन दिएको छ।

निषेधाज्ञाका समयमा काठमाडौं जिल्लामा 'क' वर्गका वाणिज्य बैंकले तीन शाखा मात्र सञ्चालन गर्न पाउने भएका छन्। 'ख' वर्गका विकास बैंकले काठमाडौं जिल्लामा दुई र फाइनान्स कम्पनीले एउटा मात्र शाखा खोलेर सेवा दिन राष्ट्र बैंकको निर्देशन छ। 

त्यस्तै, ललितपुरमा वाणिज्य बैंकले दुई, भक्तपुरमा एक शाखा मात्र सञ्चालन गर्न पाउने छन्। विकास बैंक र फाइनान्स कम्पनीले ललितपुर र भक्तपुरमा एक/एक शाखाबाट मात्र सेवा दिनुपर्ने राष्ट्र बैंकको सूचनामा उल्लेख छ। 

बन्द रहेको शाखाको सम्पर्क व्यक्तिको नम्बर र सेवा प्राप्त गर्न सक्ने वैकल्पिक शाखा र उक्त शाखा खुला रहने समयको जानकारीसहित बैंकको वेबसाइटमा सधैँ अद्यावधिक गरिहरनसमेत राष्ट्र बैंकले निर्देशन दिएको छ। 

प्रकाशित: May 24, 2021| 13:12 सोमबार, जेठ १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।