बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • एमालेका वरिष्ठ नेताद्वय साधारण सदस्यबाट समेत निष्कासित

एमालेका वरिष्ठ नेताद्वय साधारण सदस्यबाट समेत निष्कासित

नेकपा (एमाले)का वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पार्टीबाट निष्कासित भएका छन्।
 |  सोमबार, जेठ १०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १०, २०७८

काठमाडौं– नेकपा (एमाले)का वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पार्टीबाट निष्कासित भएका छन्।

अध्यक्ष केपी ओलीको अध्यक्षतामा आज सोमबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले खनाल र नेपाललाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको हो। बैठकले खनाल र नेपालसहित विघटित प्रतिनिधिसभाका ११ जना सांसदलाई पनि निष्कासन गरेको छ।

अस्ति शनिबार अध्यक्ष ओलीले खनाल, नेपाल, भीम रावलसहित ११ जनालाई स्पष्टीकरण सोधेका थिए। उनीहरु कसैले पनि स्पष्टीकरणको जवाफ नदिएपछि आज निष्कासित भएका हुन्। 

निष्कासनमा पर्नेमा समानुपातिकबाट सांसद बनेका रामकुमारी झाँक्री, मुकुन्द न्यौपाने, कलिला खातुन, सरला यादव, पुष्पाकुमारी कर्ण, निरादेवी जैरु, पुष्पा कर्ण कायस्थ र कल्याणी खड्का पनि छन्।

स्थायी कमिटी बैठकले १२ जना सांसदलाई भने स्थायी कमिटी बैठकले २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। आज सर्वोच्च अदालतमा रिट हाल्न हस्ताक्षर गर्ने सांसदलाई पार्टीले अल्टिमेटम दिएको हो।

ती सांसदहरू हुन्- विरोध खतिवडा, जीवनराम श्रेष्ठ, घनश्याम भुसाल, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, भवानी प्रसाद खापुङ, यज्ञ सुनुवार, सुरेन्द्र पाण्डे, मेटमणि चौधरी, दिपक प्रकाश भट्ट र नारायण खतिवडा।

प्रकाशित: May 24, 2021| 13:13 सोमबार, जेठ १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।