बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विपक्षी हुँदा भण्डाफोर, सत्ता टिकाउन साैदाबाजी [भिडियोसहित]

विपक्षी हुँदा भण्डाफोर, सत्ता टिकाउन साैदाबाजी [भिडियोसहित]

‘अब सिद्धार्थनगर पालिकामा सांसद को बनाउनुपर्ने उतैबाट तोकिन्छ। हाम्रो एउटा चेलीसँग पारिको केटासँग बिहे गराइन्छ। अनि त्यो केटालाई सांसद उठाइन्छ, पारिकै मान्छे आएर मतदान गर्छन् अनि त्यो सांसद हुन्छ। त्यो मन्त्री पनि बन्छ।'
 |  सोमबार, जेठ १०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १०, २०७८

बुुटवल– नेपालको राजनीतिमा सत्ता स्वार्थका लागि सम्झौता गर्ने कुरा त्यति नौलो होइन। त्यही दल वा नेता सत्तामा हुुँदा एउटा र प्रतिपक्षीमा हुँदा विरोधमा उत्रने नेताहरुको शैली नै हो। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि जन्मसिद्धका आधारमा नागरिकता दिने व्यवस्थालाई अध्यादेशमार्फत सम्बोधन गरेका छन्।

जब कि यही विषयसहित संविधान संशोधन गर्न लागिएको भन्दै २०७३ फागुुनमा संविधानको रक्षार्थ तत्कालीन प्रमुख प्रतिपक्षी एमालेले ‘मेची–महाकाली अभियान’ नै चलाएको थियो।  फागुन २१ गते सुरु भएको १५ दिने अभियान झापाको काँकडभिट्टाबाट सुरु भई कञ्चनपुर पुगेको थियो। त्यसपछि सुर्खेत पुगेर समापन भएको थियो।

अभियानअन्तर्गत २०७३ फागुन २९ गते भैरहवामा भएको आमसभामा तत्कालीन प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष तथा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकताका सवालमा कडा आलोचना गरेका थिए। जुन भिडियो अहिले सामाजिक सञ्जालमा चर्चामा छ। 

‘एमालेले नागरिकताका विषयलाई लिएर गर्न खोजिएको संविधान संशोधन प्रस्ताव कुनै पनि हालतमा पास हुन दिँदैन। संविधान संशोधनको यो प्रस्तावले पहाड र तराईलाई अलग गराउने प्रयास हो। यसले नेपालको भौगोलिक अखण्डता कमजोर बनाउँछ। यो कुनै पनि हालतमा सफल हुन दिँदैनौं।’

ओलीले भैरहवाको आमसभामा भनेका थिए, ‘एमालेले नागरिकताका विषयलाई लिएर गर्न खोजिएको संविधान संशोधन प्रस्ताव कुनै पनि हालतमा पास हुन दिँदैन। संविधान संशोधनको यो प्रस्तावले पहाड र तराईलाई अलग गराउने प्रयास हो। यसले नेपालको भौगोलिक अखण्डता कमजोर बनाउँछ। यो कुनै पनि हालतमा सफल हुन दिँदैनौं।’ 

भैरहवाको आमसभामा सहभागी कार्यकर्ताको ठूूलो जमात देखिएर हौसिएका ओलीले भनेका थिए, ‘नागरिकता नेपालीले पाउनुपर्छ। उहिले उहिले रानीको जन्मदिनमा केटाकेटीलाई चकलेट बाँडिन्थ्यो, नागरिकता चकलेट होइन, बोर्डरमा बसेर आउने जतिलाई दिँदै जाने!’ 

ओलीले भनेका थिए, ‘वैवाहिक अंगीकृतलाई भारतमा ७ वर्षयता नागरिकता मिल्दैन, हामी आउने बित्तिकै दिन्छौं। तर मन्त्री हुन ५ वर्ष पर्खिनुपर्छ। मधेसी मोर्चाको रडाको केमा छ भने हामीले उताबाट ल्याएका बुहारीले पाँच वर्ष किन पर्खिने? बिहे गरेको भोलिपल्ट मन्त्री हुन पाउनुपर्छ।’ 

ओलीले नेपालमा जस्तो नागरिकता प्राप्ति सहज ढंगले वितरण गरेको अन्य देशमा नभएको बताएका थिए। उनले नागरिकता जथाभावी बाँड्दा सिद्धार्थनगर, भैरहवाजस्ता सीमावर्ती गाउँसहरमा भोलि नेता पनि सीमापारिकै र मतादाता पनि उतैको हुने भन्दै चिन्तासमेत व्यक्त गरेका थिए।

‘अब सिद्धार्थनगर पालिकामा सांसद को बनाउनुपर्ने उतैबाट तोकिन्छ। हाम्रो एउटा चेलीसँग पारिको केटासँग बिहे गराइन्छ। अनि त्यो केटालाई सांसद उठाइन्छ, पारिकै मान्छे आएर मतदान गर्छन् अनि त्यो सांसद हुन्छ। त्यो मन्त्री पनि बन्छ।'

उनले भनेका थिए, ‘अब सिद्धार्थनगर पालिकामा सांसद को बनाउनुपर्ने उतैबाट तोकिन्छ। हाम्रो एउटा चेलीसँग पारिको केटासँग बिहे गराइन्छ। अनि त्यो केटालाई सांसद उठाइन्छ, पारिकै मान्छे आएर मतदान गर्छन् अनि त्यो सांसद हुन्छ। त्यो मन्त्री पनि बन्छ। के यहाँ कोही नेपाली योग्य छैनन्? हामी यो किमार्थ हुन दिँदैनौं।’

भैरहवामा उक्त भाषण सुनेका यहाँका एमाले नेताहरु भने एकाएक नागरिकता अध्यादेश ल्याएपछि आश्चर्यचकित भएका छन्। एमालेको मेचीमहाकाली अभियानकै क्रममा मधेसी मोर्चाले संविधान संशोधन हुनुपर्ने, नागरिकता जन्मसिद्धको आधारमा पाउनुपर्ने लगायतका मागसहित तराईमा आन्दोलन चर्काइरहेको थियो। सोही कारण सप्तरीमा एमालेको मेचीमहाकाली अभियानका क्रममा झडपसमेत भयो। झडपमा पाँच जनाको निधन भएको थियो। मृतकका परिवारलाई तत्कालीन सरकारले राहतस्वरुप १० लाख रुपैयाँ दिएको थियो। 

प्रकाशित: May 24, 2021| 13:33 सोमबार, जेठ १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।