काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) को प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त भएका छन्।
मन्त्रीस्तरीय निर्णयबाट सोमबार डा. गौतमलाई युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त गरिएको हो। वीरलाई कोरोना संक्रमितको उपचार गर्ने केन्द्रीय अस्पताल बनाउने र त्यसको नेतृत्व गौतमले लिने गरी जिम्मेवारी दिइएको मन्त्रालय स्रोतल बताएको छ।
स्रोतले भन्यो, ‘प्रवक्ताका रुपमा रहेर उहाँले कोरोनाका बारेमा राम्रोसँग बुझ्नुभएको छ। वीरमा ठूलो संख्यामा कोराना बेड छुट्याइनेछ। उहाँले सहज रपमा नेतृत्व गर्नु हुनेछ भन्ने विश्वास छ।’
मन्त्रालयको प्रवक्तामा भने कसैलाई तोकिएको छैन।