बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पाँच पूर्वप्रधानमन्त्रीसहित १४६ सांसदले दायर गरेको रिटमा के छ? (पूर्णपाठसहित)

पाँच पूर्वप्रधानमन्त्रीसहित १४६ सांसदले दायर गरेको रिटमा के छ? (पूर्णपाठसहित)

प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचन गर्ने र  प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई पुनः नियुक्त गर्ने कदमविरुद्ध पाँच दल सम्मिलित विपक्षी गठबन्धनका १४६ जना सांसदले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन्।
 |  सोमबार, जेठ १०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १०, २०७८

काठमाडौं– प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचन गर्ने र  प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई पुनः नियुक्त गर्ने कदमविरुद्ध पाँच दल सम्मिलित विपक्षी गठबन्धनका १४६ जना सांसदले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन्।

बहुमत सांसदको तर्फबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका वरिष्ठ नेताद्ववय माधवकुमार नेपाल र झलनाथ खनाल तथा जनता समाजवादी पार्टीका नेताद्वय बाबुराम भट्टराई र उपेन्द्र यादवले रिट निवेदन दायर गरेका हुन्।

रिट निवेदकमा पाँच जना त पूर्वप्रधानमन्त्री छन्। रिट निवेदन दर्ता गर्न देउवालाई समर्थन गर्ने सबै सांसद  सर्वोच्च अदालत पुगेका थिए। रिट निवेदनमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय, प्रतिनिधिसभाका सभामुख र निर्वाचन आयोगलाई विपक्षी बनाइएको छ।

प्रकाशित: May 24, 2021| 11:41 सोमबार, जेठ १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।