बुधबार, भदौ १०, २०८३

प्रदेश २ का नेपाल–भारत नाकामा थप कडाइ 

कोरोना महामारी भारतमा नियन्त्रणबाहिर जान थालेपछि नेपालसँग जोडिएको प्रदेश २ को भारतीय नाका पूर्ण रुपमा शील गर्ने भएको छ। यसका साथै प्रदेश २ का तीन नाकाबाट स्वास्थ्य जाँच गरेर मात्रै नेपाली नागरिकलाई नेपाली सीमामा प्रवेश गर्न दिने तयारी गरिएको छ।
 |  सोमबार, जेठ १०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १०, २०७८

जनकपुरधाम– कोरोना महामारी भारतमा नियन्त्रणबाहिर जान थालेपछि नेपालसँग जोडिएको प्रदेश २ को भारतीय नाका पूर्ण रुपमा शील गर्ने भएको छ। यसका साथै प्रदेश २ का तीन नाकाबाट स्वास्थ्य जाँच गरेर मात्रै नेपाली नागरिकलाई नेपाली सीमामा प्रवेश गर्न दिने तयारी गरिएको छ। 

भारतको विभिन्न राज्यमा कोरोना संक्रमण बढेको र संक्रमितहरु नेपाल प्रवेश गर्ने सम्भावनालाई ध्यानमा राखेर सीमा नाका पूर्ण रुपमा शिल गर्ने तयारी गरिएको छ। विवाह, ब्रतबन्ध जस्ता सामाजिक संस्कारहरुमा भाग लिनका लागि चोरबाटो भएर नेपाल प्रवेश गर्ने क्रम बढेपछि सीमा नाकामा थप कडाइ गर्न लागिएको हो। 

प्रदेश नं. २ को ४ सय ६४ किलोमिटर खुल्ला सीमा नाका छ। सीमा नाकामा सशस्त्र प्रहरीले कडाइ गरेको छ। सीमा नाकामा सुरक्षा व्यवस्था कडा बनाउनका लागि सशस्त्र  प्रहरीले ८ वटा गण, ७२ वटा बीओपी र ३२ अस्थायी सुरक्षा पोष्ट खडा गरेको सशस्त्र प्रहरीका प्रहरी नायव महानिरीक्षक चन्द्रप्रकाश गौतमले जानकारी दिएका छन्। 

अहिले सशस्त्र प्रहरीलाई २४ घण्टा सीमा नाकामा निगरानीका लागि खटाइएको छ। रातिको समयमा कोही प्रवेश नगरोस् भनेर उच्च सुरक्षा सतर्कता सहित सीमानामा रात्री गस्ति पनि बढाइएको गौतमले बताए। 

प्रदेश २ का जिल्लाहरुमा कोरोना संक्रमण तीब्र गतिमा फैलिनुको प्रमुख कारण सीमा नाकाबाट विना स्वास्थ्य चेक जाँच प्रवेश गर्नु नै रहेको चिकित्सकहरुले समेत बताउँदै आइरहेका छन्। 

नेपाल सरकारले प्रदेश २ को पर्सा जिल्लाको वीरगन्ज, रौतहट जिल्लाको गौर तथा महोत्तरी जिल्लाको भिठामोड नाका सर्वसाधारण नेपालीका लागि प्रवेश गर्न दिने भनेको छ। तर भारतीय नागरिकलाई प्रवेशमा पूर्ण रुपमा रोक लगाइएको छ। नेपाली नागरिकलाई परिचय खुल्ने प्रमाणको आधारमा स्वास्थ्य जाँच गरेर सम्बन्धित पालिकाले तयार पारेको क्वारेन्टाइनमा १० दिन बस्ने शर्तमा प्रवेश गर्न दिइएको गौतमले बताए । 

प्रदेश २ को सप्तरी, सिरहा, धनुषा, सर्लाही तथा बारा जिल्लामा सबै सीमानाका बन्द गरिएको छ। तर खुल्ला सीमानाका भएकाले खोला, नाला सहित चोरबाटो भएर नेपाल प्रवेश गर्ने क्रम बढेकाले थप कडाइ गर्न लागिएको उनले बताए ।

प्रकाशित: May 24, 2021| 11:24 सोमबार, जेठ १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।