बुधबार, भदौ १०, २०८३

सेयर बजारमा कीर्तिमानी कारोबार

साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हालसम्मकै उच्च कारोबार भएको छ।
 |  सोमबार, जेठ १०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १०, २०७८

काठमाडौं– साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हालसम्मकै उच्च कारोबार भएको छ। आज १३ अर्ब १७ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको छ, जुन हालसम्मकै बढी दैनिक कारोबार हो।

यसदिन २१६ कम्पनीको २ करोड ७१ लाख ४० हजार २०२ कित्ता सेयर १३ अर्ब १७ करोड ५३ लाख ५३ हजार १८८ रुपैयाँमा खरिद बिक्री भएको छ। नेप्से सूचक पनि ३.०७ अंकले बढेर २८२३.०६ विन्दुमा पुगेको छ, जुन हालसम्मकै उच्च विन्दु हो। सोमबार सेन्सेटिभ इन्डेक्स पनि १.३१ अंकले बढेको छ।

सोमबार निर्जीवन बीमा कम्पनीहरुमा लगानीकर्ताको आकर्षण बढी देखिएको छ। उक्त कम्पनीहरुमा लगानीकर्ताको आकर्षण बढ्दा निर्जीवन बीमा उपसमूहको सूचक १.३९ प्रतिशतले बढेको छ। 

सोमबार कारोबारमा आएका ४ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन वरुरुण हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ९.९५ प्रतिशतले बढेको छ।
 

प्रकाशित: May 24, 2021| 10:20 सोमबार, जेठ १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।