बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अस्पतालमा उपकरण र बेड धमाधम थपिँदैछन् : स्वास्थ्य मन्त्रालय

अस्पतालमा उपकरण र बेड धमाधम थपिँदैछन् : स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को दोस्रो लहर सुरु भएसँगै अस्पतालमा उपकरण र बेड संख्या वृद्धिलाई तीव्रता दिइएको जनाएको छ। 
 |  सोमबार, जेठ १०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १०, २०७८

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को दोस्रो लहर सुरु भएसँगै अस्पतालमा उपकरण र बेड संख्या वृद्धिलाई तीव्रता दिइएको जनाएको छ। 

सोमबार भर्चुअल पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले सरकारले स्वास्थ्य उपकरण, अक्सिजन प्लान्ट र बेड संख्या वृद्धिमा जोड दिइरहेको बताए। मन्त्री त्रिपाठीका अनुसार  वैशाखसम्ममा ३ सय २७ भेन्टिलेटर रहेकोमा त्यसलाई वृद्धि गरेर ९०४ बनाइएको छ भने अब चाँडै १८० भेन्टिलेटर थप हुने क्रममा छ।

यस्तै देशभर अस्पतालमा २६ सय आईसीयु रहेकोमा ४ सय थपेर ३ हजार बनाइएको छ भने ६ सय ३० आईसीयू थप गर्ने प्रक्रिया अगाडि बढेको मन्त्री त्रिपाठीले बताए। हाइ डिपेन्डेन्सी युनिट (एचडियु) सरकारीमा २ हजार ७५ र निजीमा ७७८ थप गरी सञ्चालनमा ल्याइएको मन्त्री त्रिपाठीले बताए।

प्रकाशित: May 24, 2021| 10:05 सोमबार, जेठ १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।