बुधबार, चैत ११, २०८२

विश्वकप ‘ट्रफी’ सम्बन्धी पाँच रोचक प्रसंग

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- विश्वकपमा सबैको ध्यान कुन देशले ‘गोल्डन ट्रफी’ लैजान्छ भन्नेमा विशेष केन्द्रित हुन्छ । विश्वकपको ट्रफी दुई पटक परिर्वतन भएको छ । पहिलो सन् १९३० देखि १९७० सम्म जुल्स रिमेट ट्रफी र दास्रो पटक फिफा विश्वकप ट्रफी १९७० देखि हाल सम्म परिवर्तन गरिएको छ । 

रोचक प्रसंग 

१) दोस्रो विश्व युद्धको समयमा, ट्रफी इटालीसँग थियो । त्यस समयमा, हिटलर र नाजीहरुबाट उक्त ट्रफी बचाउन  फिफाका भाइस प्रेसिडेन्ट इटालीयन ओटिरिनो ब्रारिसिस र प्रेसिडेन्टले गोप्य रूपमा जुत्ता राख्ने बाकसमा राखी रोमको नदीबाट ल्याएका थिए ।

२) सन् १९५८ मा, स्वीडेनमा भएको विश्वकपमा ब्राजिल विजेता भएको थियो । त्यस बेलाका ब्राजिलियन क्याप्टेन हिल्डेराल्डो बेलिनीले  फोटोग्राफरको अनुरोधमा ट्रफीलाई हावामा उचालेको थिए । त्यस समयदेखि ट्रफी उचाल्ने परम्पराजस्तै बन्दै आएको छ । 

३) सन् १९९६ मार्च २० मा, इङल्याण्डमा विश्वकपको ४ महिना अघि ट्रफी सर्वसाधरण माझमा देखाइएको थियो । त्यसपछि उक्त ट्रफी हरायो । हराएको ७ दिनपछि  ट्रफी पत्रिकाले छोपेर राखेको अवस्थामा दक्षिण लन्डनको उपर नोरवुडमा पिकेल्स नामक कुकुरले भेटाएको थियो । 

४) सन् १९९६ पछिका विश्वकप सिरिजहरुमा ट्रफीको नक्कल बनाइ सर्वसाधारणलाई देखाइने गरियो र सक्क्ली ट्रफी फिफाको कार्यलयमै राखिन थालियो । तर, फिफाले उक्त कदमलाई कायम नगर्न घोषणा गरे पछि सन् १९९७ मा लिलामीमा राखियो । २५४ हजार ५ सय युरो लागको लिलामीमा दश गुणा बढी भएको थियो ।
 
५) सन्  १९८३  डिसेम्बर १९ मा ट्रफी दोस्रो पटक चोरी भयो । दास्रो पटक हराएको उक्त ट्रफी भने भेटिएन । त्यस ट्रफीलाई पगालेर बेचिएको विश्वास फिफाले गरेको छ । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।