बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • रिट निवेदनमा हस्ताक्षर संकलन गर्दै विपक्षी दल, केहीबेरमा अदालत जाने तयारी

रिट निवेदनमा हस्ताक्षर संकलन गर्दै विपक्षी दल, केहीबेरमा अदालत जाने तयारी

विपक्षी गठबन्धनले रिट निवेदन दर्ताका लागि सांसद्हरूको हस्ताक्षर र औँठा छाप संकलन गरिरहेको छ। 
 |  सोमबार, जेठ १०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १०, २०७८

काठमाडौं - विपक्षी गठबन्धनले रिट निवेदन दर्ताका लागि सांसद्हरूको हस्ताक्षर र औँठा छाप संकलन गरिरहेको छ। 

हस्ताक्षर र औँठा छाप संकलन सकिएलगत्तै सर्वोच्च अदालत जाने तयारी छ। 

विपक्षी गठबन्धनले १४९ जना सांसदहरूको हस्ताक्षरसहित आज सर्वोच्च जाने भएका हुन्। दलहरूले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै बहुमत हस्ताक्षरसहित प्रधानमन्त्रीमा प्रस्ताव गरिएका शेरबहादुर देउवालाई नियुक्तिका लागि परमादेश माग गर्दै रिट दिन लागेका हुन्।

यसअघि आइतबारसम्म कानुन व्यवसायीले २५ वटा रिट अदालतमा पेस गरिसकेका छन्। आज दलहरूको समेत रिट निवेदन परेपछि त्यसको अध्ययन गरेर सर्वोच्च प्रशासनले  दर्ता गर्ने तयारी गरेको छ।

प्रकाशित: May 24, 2021| 06:13 सोमबार, जेठ १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।