बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बारामा जन्ती बोकेको बस दुर्घटना, ४ जनाको अवस्था गम्भीर

बारामा जन्ती बोकेको बस दुर्घटना, ४ जनाको अवस्था गम्भीर

जितपुरसिमरा उपमहानगरपालिका-१६ स्थित कलैया पिलुवा सडकखण्डको डकाहा भन्ने स्थानमा रौतहटबाट जन्ती बोकेर बसदिलवातर्फ जाँदै गरेको बस बिहान ९:५० दुर्घटनामा परेको हो।
 |  सोमबार, जेठ १०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १०, २०७८

काठमाडौं - बारामा जन्ती बोकेको बस दुर्घटना भएको छ। जितपुरसिमरा उपमहानगरपालिका-१६ स्थित कलैया पिलुवा सडकखण्डको डकाहा भन्ने स्थानमा रौतहटबाट जन्ती बोकेर बसदिलवातर्फ जाँदै गरेको बस बिहान ९:५० दुर्घटनामा परेको हो।

ना४ख ४७४९ नम्बरको बस अनियन्त्रित भभएर सडकको बाँया पट्टि खेतमा पल्टिएको बाराका प्रहरी प्रवक्ता डीएसपी गौतम मिश्रले बताए। उनले बसमा ४० जना सवार रहेकोमा दुर्घटनामा परी ४ जना गम्भीर घाइते भएको र अन्य ७ जना सामान्य घाइते भएको बताए। 

घाइतेहरूलाई उपचारका लागि वीरगन्ज लगिएको छ। अन्य सामान्य आठ घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल कलैया पठाइएको गौतमले जानकारी दिए। 

प्रहरीले बस चालक रौतहट चंद्रपुर-८ का ३० वर्षीय अकलेश चौधरी बसलाई जैतापुर प्रहरीको नियन्त्रणमा लिएको छ।

प्रकाशित: May 24, 2021| 06:01 सोमबार, जेठ १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।