बुधबार, भदौ १०, २०८३

मोरङमा थप सात काेराेना संक्रमितकाे मृत्यु

काेराेना संक्रमणबाट मोरङमा थप सात जनाको मृत्यु भएको छ।
 |  सोमबार, जेठ १०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १०, २०७८

विराटनगर - काेराेना संक्रमणबाट मोरङमा थप सात जनाको मृत्यु भएको छ।

विराटनगरको नोबेल शिक्षण अस्पतालमा तीन, बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा दुई, कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्र र हाेम आइसाेलेसनमा १-१ जनाको मृत्यु भएको हाे।

विराट शिक्षण अस्पतालमा विराटनगर-४ की ५४ वर्षीया महिलाको मृत्यु भएकाे कोभिड अस्पताल इन्चार्ज सुनील देवले बताए। महिलाको उपचारका क्रममा बिहान ६ बजेतिर मृत्यु भएको हो। 

विराटनगर-३ का ८० वर्षीय पुरुषको पनि विराटमै राति १ः५० बजेतिर मृत्यु भएकाे देवले बताए ।

नोबेल अस्पतालमा मोरङको उर्लाबारी नगरपालिका–९ की ५८ वर्षीया महिलाको मृत्यु भएको छ। उपचारका क्रममा उनको मृत्यु साेमबार बिहान ९ः४० बजेतिर भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए। 

सङ्खुवासभाको खाँदबारी नगरपालिका-२ की ४५ वर्षीया महिलाको बिहान ४ बजेतिर मृत्यु भएको दाहालले जानकारी दिए। 

धनुषाको मिथिला नगरपालिका-११ घर भई विराटनगर-४ मा बस्दै आएका ७२ वर्षीय पुरुषको पनि कोरोनाका कारण नाेबेल अस्पतालमा मृत्यु भएको दाहालले बताए। उनको मृत्यु बिहान ४ः१५ बजेतिर भएको हो। 

कोशी कोभिडमा सुनसरीको धरान उपमहानगरपालिका-१७ का ६० वर्षीय पुरूषकाे मृत्यु भएको अस्पतालका सूचना अधिकारी अनुपम राजवंशीले जानकारी दिए। उनको बिहानका राति १२ः२० बजेतिर मृत्यु भएको राजवंशीले बताए।

सुन्दरहरैँचा नगरपालिका-६ की ६५ वर्षीया महिलाको बिहान ६ः३० बजेतिर होम आइसोलेसनमा मृत्यु भएको छ। परीक्षण गराउँदा जेठ ५ गते कोरोना पुष्टि भएपछि उनी घरमै होम आइसोलेसनमा बस्दै आएकाे नगर प्रमुख शिव ढकालले बताए।

प्रकाशित: May 24, 2021| 05:32 सोमबार, जेठ १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।