बुधबार, भदौ १०, २०८३

अग्रज साहित्यकार डा. बानिरा गिरीको निधन

अग्रज साहित्यकार डा. बानिरा गिरीको निधन भएको छ।
 |  सोमबार, जेठ १०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १०, २०७८

काठमाडौं - अग्रज साहित्यकार डा. बानिरा गिरीको निधन भएको छ। कवि एवं लेखिका गिरीको ७५ वर्षको उमेरमा  आइतबार राति  १० बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ। गिरीको हृदयाघातका कारण निधन भएको बताइएको छ।

पारिवारिक स्रोतका अनुसार २० दिनअघि उनलाई कोरोना पनि देखिएको थियो। हृदयाघातपछि उनलाई नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा लगे पनि चिकित्सकले मृत घोषित गरेका थिए। उनी अल्जाइमर्स पीडित थिइन्। 

डा. गिरीलाई विद्यावारिधि गर्ने पहिलो नेपाली महिलाका रूपमा चिनिन्छ। उनकाे विभिन्न कविता संग्रह, उपन्यास, निबन्धलगायत प्रकाशित छन्। 

प्रकाशित: May 24, 2021| 05:13 सोमबार, जेठ १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।