बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सरकारको आडमा प्रसाईंले प्रितमलाई धम्क्याए : केदारभक्त माथेमा

सरकारको आडमा प्रसाईंले प्रितमलाई धम्क्याए : केदारभक्त माथेमा

चिकित्सा शिक्षा सुधारका अभियन्ता केदारभक्त माथेमाले सरकारकाे आडमा बीएन्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले डा. गोविन्द केसीका मिडिया संयोजक प्रितम सुवेदीलाई धम्की दिएकाे बताएका छन्।
 |  सोमबार, जेठ १०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १०, २०७८

काठमाडौं- चिकित्सा शिक्षा सुधारका अभियन्ता केदारभक्त माथेमाले सरकारकाे आडमा बीएन्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले डा. गोविन्द केसीका मिडिया संयोजक प्रितम सुवेदीलाई धम्की दिएकाे बताएका छन्। मेडिकल सञ्चालक जस्तो जिम्मेवार व्यक्तिले गैरजिम्मेवार कार्य गर्नु आपत्तिजनक भएको माथेमाकाे टिप्पणी छ। 

विश्वविद्यालय सञ्चालनको अनुमति राजनीतिक मञ्चबाट दिइँदाकाे परिणामले यस्ताे अवस्था उत्पन्न भएकाे त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपतिसमेत रहेका माथेमाले बताए। उनले भने, 'जनता महामारीले आक्रान्त बन्दा सरकार टुलुटुलु हेरेर बसेको छ। दिनहुँ कुर्सीको मात्रै लडाइँ छ। उता मेडिकल माफियाले सरकारकै आडमा जनतालाई लुट्ने र तर्साउने काम गरिरहेका छन्।' 

उनले वर्तमान सरकारलाई जनताकाे स्वास्थ्यप्रति थाेरै पनि चासाे नरहेकाे बताए। यस्तै सरकारले कानुनी राजकाे उपहास गरी माफीयाहरुलाई साथ दिइरहेकाे आराेप लगाए। माथेमाले भने, 'कहाँ छ कानुनी राज्य? यहाँ त माफियातन्त्र मात्रै हावी छ। यो सरकार माफियाहरूको मात्रै हो।'

उनले बीएन्डसीका सञ्चालक प्रसाईं जस्ता गैरजिम्मेवार व्यक्तिका बारेमा धेरै बाेल्न पनि आवश्यक नरहेकाे बताए। माथेमाले भने, 'उहाँजस्तो गैरजिम्मेवार मानिसका बारेमा के भन्ने? मलाई नै मुद्दा हाल्नुभएको थियो प्रसाईंले। एक वर्षसम्म म पनि सर्वोच्च अदालत धाएको थिएँ।' चिकित्सा शिक्षा सुधारका बारेमा आवाज उठाउँदा उल्टै मुद्दा खेप्नुपरेकाे भन्दै उनले दु:ख व्यक्त गरे। 

झापाको बीएन्डसी मेडिकल कलेजका सञ्चालक प्रसाईंले सुवेदीलाई अपशब्द प्रयोग गर्दै भौतिक आक्रमण गर्ने धम्की दिएको अडियो नेपाल समयलाई प्राप्त भएको छ। अडियोमा प्रसाईंले सुवेदीलाई तँ धेरै नबोल भाइ। भेटें भने तेरो तीन इन्च छाला सर्ने गरी हानिदिन्छु। भन्दै तथानाम गाली गरेको सुन्न सकिन्छ।

प्रकाशित: May 24, 2021| 05:36 सोमबार, जेठ १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।