बुधबार, भदौ १०, २०८३

गेटा मेडिकल कलेजमा कोभिड-१९ स्याहार केन्द्र सञ्चालन

कैलालीको गोदावरी नगरपालिका-५, गेटामा निर्माणाधीन गेटा मेडिकल कलेजको एउटा भवनमा कोभिड-१९ स्याहार केन्द्र सञ्चालनमा आएको छ।
 |  सोमबार, जेठ १०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १०, २०७८

धनगढी - कैलालीको गोदावरी नगरपालिका-५, गेटामा निर्माणाधीन गेटा मेडिकल कलेजको एउटा भवनमा कोभिड-१९ स्याहार केन्द्र सञ्चालनमा आएको छ। केन्द्र सञ्चालनमा आएसँगै जिल्लाका अस्पतालमा कोरोनाका बिरामीको चाप घट्ने अपेक्षा गरिएको छ।

सुदूरपश्चिम प्रदेशमा बढ्दै गइरहेको कोरोना संक्रमणदरलाई मध्यनजर गर्दै हाललाई ५० शय्याको कोभिड-१९ स्याहार केन्द सञ्चालनमा ल्याइएको सम्पर्क व्यक्ति सर्मानन्द भट्टले बताए। 

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र मातहत रहने गरि सुदूरपश्चिम प्रदेश सरकार, धनगढी उपमहानगरपालिका, गोदावरी र गौरीगंगा नगरपालिकासंगको सहकार्यमा सो आइसोलेसन सञ्चालनमा आएको हो ।

१ महिनादेखि निर्माणको प्रक्रियामा रहेको आइसोलेसन अक्सिजन र जनशक्ति व्यवस्थापनमा ढिलाइ हुँदा सेवा सुरु हुन सेको थिएन । 

आइसोलेसन सञ्चालनका लागि सुदूरपश्चिम प्रदेश सरकारले ५० लाख आर्थिक सहयोग र २० जना स्वास्थ्यकर्मीको पारिश्रमिकको व्यवस्था गरेको छ भने धनगढी उपमहानगरपालिका, गोदावरी र गौरीगंगा नगरपालिकाले स्वास्थ्य सामग्री, उपकरण र जनशक्ती खटाएको सम्पर्क ब्यक्ती  भट्टले बताए । 

केन्द्रमा अक्सिजन सपोर्टमा उपचार गरिने र गम्भीर बिरामीलाई सेती प्रादेशिक र मालाखेती अस्पतालमा पठाइने भट्टले बताए। सुरुमा दुई हजार क्षमता रहेको भवनमा पाँच सय शय्याबाट आइसोलेसन सञ्चालन गरिने बताइएको थियो।

प्रकाशित: May 24, 2021| 04:34 सोमबार, जेठ १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।