बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • एमालेको स्थायी कमिटी बैठक बस्दै, माधव-झलनाथसहितका ११ नेतामाथि कारबाही हुन सक्ने

एमालेको स्थायी कमिटी बैठक बस्दै, माधव-झलनाथसहितका ११ नेतामाथि कारबाही हुन सक्ने

नेकपा एमालेको स्थायी कमिटी बैठक आज पनि बस्दै छ।
 |  सोमबार, जेठ १०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १०, २०७८

काठमाडौं - नेकपा एमालेको स्थायी कमिटी बैठक आज पनि बस्दै छ।  प्रधानमन्त्री निवास बालुवाटारमा स्थायी कमिटीको बैठक बस्न लागेको पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।

उनका अनुसार अपरान्ह ४ बजे बैठक बस्न लागेको हो। पार्टीको आन्तरिक विवाद, बजेटको तयारी र पछिल्लो राजनीतिक घटनाक्रममा नै बैठक केन्द्रित हुने उनले जानकारी दिए।

आजको बैठकले शनिबार बसेको स्थायी कमिटी बैठकले स्पष्टीकरण सोधिएका नेता माधवकुमार नेपाल, झलनाथ खनालसहितका ११ जनाका विषयमा पनि आवश्यक कारबाही प्रक्रिया अघि बढाउन सक्ने देखिएको छ।

२४ घन्टे स्पष्टीकरण सोधिएका ती सांसदहरूले आजसम्म पनि स्पष्टीकरण नबुझाएकाे तामाङले जानकारी दिए। शनिबार बसेको स्थायी कमिटी बैठकले स्पष्टीकरण सोधेको थियो।

‘उहाँहरूलाई स्पष्टीकरणको जवाफ दिने समय आज बिहानसम्म थियो। अहिलेसम्म जवाफ प्राप्त भएको छैन,’ एक नेताले भने, ‘आजको बैठकले थप कारबाही गर्न सक्छ।’

प्रकाशित: May 24, 2021| 04:15 सोमबार, जेठ १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।