बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • डा. भट्टराईले गरे आफ्नै दलका नेताहरूलाई यस्तो कटाक्ष

डा. भट्टराईले गरे आफ्नै दलका नेताहरूलाई यस्तो कटाक्ष

जनता समाजवादीका नेता एवम् पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सत्ता प्राप्तिका लागि र्‍याल चुहाएको भन्दै आफ्नै दलका नेताप्रति कटाक्ष गरेका छन्।
 |  आइतबार, जेठ ९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ९, २०७८

काठमाडौं– जनता समाजवादीका नेता एवम् पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सत्ता प्राप्तिका लागि र्‍याल चुहाएको भन्दै आफ्नै दलका नेताप्रति कटाक्ष गरेका छन्।

डा भट्टराईले इतिहासमा पहिलोपटक मधेसी प्रधानमन्त्री बन्ने सम्भावना बढेका बेला केही नेताले मन्त्री पद मागेर त्यसलाई गुमाएको भन्दै नेताप्रति कटाक्ष गरेका हुन्। उनले उदाहरणका रुपमा एउटा ठट्टा पनि लेखेका छन्। 

भट्टराईले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘इतिहासमा पहिलोपटक मधेसी प्रम बन्ने सम्भावना बढेको बेला त्यसलाई लत्याएर पुरानै सत्ताधारीसँग मन्त्री माग्न तम्सिएका केही नेताबारे एक मधेसी मित्रले गरेको ठट्टा– एउटा भिखारीले चिट्ठा किनेछ।अर्कोले सोधेछ–एक करोड पाए के गर्छस्– गाडी किन्छु। गाडीले के गर्छस्– गाडी चढेर माग्न जान्छु!’ 

प्रकाशित: May 23, 2021| 14:18 आइतबार, जेठ ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।