बुधबार, भदौ १०, २०८३

दुई नाबालकको हत्या अभियोगमा एक जना पक्राउ 

दुई नाबालकको हत्यामा संलग्न रहेको अभियोगमा कलैया उपमहानगरपालिका ७ रंगपुर टोल २५ वर्षीय फरमुल्लाह अंसारीलाई प्रहरीले पक्राउ गरेको छ।
 |  आइतबार, जेठ ९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ९, २०७८

बारा– दुई नाबालकको हत्यामा संलग्न रहेको अभियोगमा कलैया उपमहानगरपालिका ७ रंगपुर टोल २५ वर्षीय फरमुल्लाह अंसारीलाई प्रहरीले पक्राउ गरेको छ।

जेठ ३ गते साँझदेखि हराई बेपत्ता भएका सोही ठाउँ बस्ने अब्दुल गफार अंसारीका छोराद्वय ९ वर्षीय अमान अन्सारी र ७ वर्षीय उसमान अन्सारीको सोही उपमहानगरपालिका ११ स्थित मदर्शा सलफिया कन्जलुमको निर्माणाधिन भवनमा कर्तव्य गरी मारेको अवस्थामा जेठ ४ गते शव फेला परेको थियो।

घटनाको अनुसन्धानको क्रममा घटनामा फरमुल्लाहको संलग्नता रहेको खुल्न आएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।     
 

प्रकाशित: May 23, 2021| 13:14 आइतबार, जेठ ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।