बुधबार, असोज १४, २०८३

निषेध आदेशबीच वैशाखमा उच्च आयात

दोस्रो लहरको कोरोना नियन्त्रणका लागि भन्दै सरकारले गरेको निषेध आदेशका बीच उच्च आयात भएको छ।
 |  आइतबार, जेठ ९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ९, २०७८

काठमाडौं– दोस्रो लहरको कोरोना नियन्त्रणका लागि भन्दै सरकारले गरेको निषेध आदेशका बीच उच्च आयात भएको छ।

भन्सार विभागका अनुसार वैशाखमा मात्रै १ खर्ब ४२ अर्ब ७१ करोड ४७ लाख २२ हजार रुपैयाँ बराबरको वस्तु विभिन्न मुलुकबाट आयात भएको हो। यद्यपि चैतको तुलनामा भने उक्त आयात घटेको भन्सार विभागले जानकारी दिएको छ। चैतमा १ खर्ब ६७ अर्ब ४० करोड ७२ लाख ७ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको थियो।

नेपालमा वैशाख मसान्तसम्म कुल १२ खर्ब ५४ अर्ब ११ करोड १ लाख ७९ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको भन्सार विभागले ज नाएको छ। चालु आर्थिक वर्षको वैशाखसम्म नेपालको वैदेशिक व्यापार घाटा ११ खर्ब ४५ अर्ब ६३ करोड ४ लाख २३ हजार रुपैयाँ नाघेको छ।

विभागका अनुसार चालु आर्थिक वर्षको सो अवधिमा १ खर्ब ८ अर्ब ४७ करोड ९७ लाख ५६ हजार रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ। नेपालको उक्त व्यापार घाटा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २१.४८ प्रतिशतले बढी रहेको विभागले जनाएको छ।

गत वर्षको सोही अवधिमा नेपालको वैदेशिक व्यापार घाटा ९ खर्ब ४३ अर्ब ७ करोड ३० लाख १३ हजार रुपैयाँ बराबरको रहेको थियो। गत आवमा नेपालको निर्यात ८२ अर्ब ६ करोड ४७ लाख रुपैयाँ बराबरको रहेकोमा चालु आर्थिक वर्षको सो अवधिमा नेपालको निर्यात व्यापारमा सुधार भएको देखिन्छ। 

प्रकाशित: May 23, 2021| 12:52 आइतबार, जेठ ९, २०७८
प्रतिक्रिया दिनुहोस्