बुधबार, भदौ १०, २०८३

३५ अस्पतालका लागि करिब ३ अर्ब बजेट विनियोजन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न अस्पतालमा आईसियू, भेन्टिलेटर तथा अक्सिजन प्लान्टको स्थापनाका लागि २ अर्ब ९३ करोड बजेट छुट्याएको छ। 
 |  आइतबार, जेठ ९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ९, २०७८

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न अस्पतालमा आईसियू, भेन्टिलेटर तथा अक्सिजन प्लान्टको स्थापनाका लागि २ अर्ब ९३ करोड बजेट छुट्याएको छ। 

मन्त्रालयका प्रवक्ता डा. जागेश्व गौतमका अनुसार ३६० आईसीयू, १० भेन्टिलेटर, १९ अक्सिजन प्लान्ट र २६ वटा अक्सिजन ट्यांकका लागि उक्त बजेट छुट्याइएको हो। कोशी अस्पताल विराटनगरका लागि ६ करोड, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि १ करोड ८० लाख, गजेन्द्र नारायणसिंह अस्पतालका लागि ३ करोड ८० लाख, नारायणी अस्तपाल वीरगन्जका लािग ९ करोड ८० लाख बजेट छुट्याइएको छ। 

त्यस्तै भरतपुर अस्पताललाई ९ करोड ८० लाख, स्त्री रोग अस्पताल थापाथलीलाई ६ करोड ८० लाख, धुलिखेल अस्पताललाई ६ करोड ८० लाख, वीर अस्पताललाई ३० करोड ८० लाख, सहिद गंगालाल अस्पताललाई ८० लाख, राष्ट्रिय ट्रमा सेन्टरलाई ९ करोड, मनमोहन कार्डियो भाष्कुलर तथा थोरासिक सेन्टरलाई ८० लाख रुपैयाँ छुट्याइएको छ। 

त्यसैगरी नेपाल प्रहरी अस्पतालमा ९ करोड ८० लाख, सशस्त्र प्रहरी अस्पतालमा ९ करोड ८० लाख, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ३ करोड, वीरेन्द्र अस्पताल छाउनीमा ९ करोड, निजामती कर्मचारी अस्पतालमा ६ करोड ८० लाख, कान्ति बाल अस्पतालमा ६ करोड ८० लाख, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १२ करोड ८० लाख, त्रिवि शिक्षण अस्पतालमा १२ करोड, चितवनको भरतपुर अस्पतालमा ८० लाख, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ९ करोड ८० लाख, वीपी कोइराला श्वासप्रश्वास अस्पतालमा ९ करोडका सामग्री किनिनेछ। 

यसैगरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ९ करोड, भेरी अस्पतालमा १५ करोड, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ८० लाख, डडेल्धुरा अस्पतालमा ६ करोड ८० लाख, मेची अस्पतालमा ९ करोड, प्रादेशिक अस्पताल जनकपुरमा ९ करोड ८० लाख, भक्तपुर अस्पतालमा ३ करोड ८० लाख, बागलुङ अस्पतालमा ३ करोड, भिम अस्पताल भैरहवामा ३ करोड ८० लाख, लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ९ करोड ८० लाख, सुर्खेत प्रादेशिक अस्पतालमा १२ करोड ८० लाख, सेती प्रादेशिक अस्पतालमा ६ करोड ८० लाख र महाकाली अस्पताल कञ्चनपुरमा ९ करोड ८० लाख छुट्याइएको डा. गौतमले जानकारी दिए।
 

प्रकाशित: May 23, 2021| 12:07 आइतबार, जेठ ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।