बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दोस्रो लहरको संक्रमण उच्च बिन्दुमा पुगिसक्यो, अब घट्छ : विज्ञ

दोस्रो लहरको संक्रमण उच्च बिन्दुमा पुगिसक्यो, अब घट्छ : विज्ञ

दोस्रो चरणको कोरोना संक्रमणको दर उच्च बिन्दुमा पुगिसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 
 |  आइतबार, जेठ ९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ९, २०७८

काठमाडौं– दोस्रो चरणको कोरोना संक्रमणको दर उच्च बिन्दुमा पुगिसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा महामारी रोग विशेषज्ञ डा. अर्चना श्रेष्ठले दोस्रो चरणको संक्रमण दर उच्च विन्दुमा पुगिसकेको र गत हप्ताको तुलनामा ५ प्रतिशतले संक्रमण दर घटेको जानकारी दिइन्। तर पनि ५० वटा जिल्लामा भने व्यापक संक्रमण दर छ। उनका अनुसार ती जिल्लाहरुमा संक्रमणदर प्रति एक लाख जनसंख्यामा २७.८ प्रतिशत छ।

प्रति एक लाख जनसंख्यामा संक्रमणदर १० प्रतिशतभन्दा बढी भएमा संक्रमणको अवस्थालाई व्यापक मानिन्छ। श्रेष्ठका अनुसार बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका जिल्लाहरुमा संक्रमितको संख्यामा केही कमी आए पनि अन्य प्रदेशमा भने संक्रमण बढेको छ। प्रदेश २ मा यो हप्ता १०५.५ प्रतिशतले संक्रमण वृद्धि भएको उनले बताइन्।

डा. श्रेष्ठका अनुसार पहिलो लहरको तुलनामा अहिले संक्रमण ३ गुणाले बढेको छ । पहिला संक्रमण उच्कर्षमा पुग्दा प्रति एक लाख जनसंख्यामा संक्रमणदर १३१.७ प्रतिशत रहेकोमा अहिले ३०७ प्रतिशत पुगेको छ। समग्रमा यो हप्ता गतहप्ताको तुलनामा ५ प्रतिशत संक्रमण दर घटेको उनले जानकारी दिइन्।
 

प्रकाशित: May 23, 2021| 11:54 आइतबार, जेठ ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।