बुधबार, भदौ १०, २०८३

१९३ जनाको मृत्यु, थप ७ हजार ९१४ जनामा संक्रमण 

पछिल्लो २४ घण्टामा देशभर थप ७ हजार ९१४ जनामा कोरोना संक्रमित थपिएका छन्।
 |  आइतबार, जेठ ९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ९, २०७८

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर थप ७ हजार ९१४ जनामा कोरोना संक्रमण भएकाे छ। यस्तै संक्रमण मुक्त हुनेको संंख्या ७ हजार ६६४ छ। देशभर थप १९३ जना संक्रमितले ज्यान गुमाएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे विवरणमा उल्लेख छ।

अनुसार चौविस घण्टामा १८ हजार ९६५ जनाको पीसीआर र ९३१ जनाको एन्टीजेन विधिबाट नमुना परीक्षण भएको छ  सो परीक्षणबाट कुल ७ हजार ९१४ जनाको कोरोना रिपोट पोजेटिभ आएको हो। देशभर सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ५४७ छ। देशभरका कोभिड अस्पतालका आईसीयूमा १ हजार ७ सय २१ जना र भेन्टिलेटरमा ४८४ जना उपचाररत छन्।

प्रकाशित: May 23, 2021| 11:02 आइतबार, जेठ ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।