बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेस नेता पौडेलको सक्रियतामा ३०० बेडको आइसोलेसन सेन्टर

कांग्रेस नेता पौडेलको सक्रियतामा ३०० बेडको आइसोलेसन सेन्टर

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलको सक्रियतामा कोरोना संक्रमितका लागि आइसोलेसन सेन्टर सञ्चालनमा आएको छ।
 |  आइतबार, जेठ ९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ९, २०७८

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलको सक्रियतामा कोरोना संक्रमितका लागि आइसोलेसन सेन्टर सञ्चालनमा आएको छ। पौडेलको सक्रियतामा नागार्जुन नगरपालिका–१ रानीवनमा अक्सिजनसहितको ३ सय शैय्याको आइसोलेसन सञ्चालनमा आएको हो।

आइसोलेसन सेन्टरमा हाल १०० वटा अक्सिजन सिलिन्डर (आवश्यकता परेको खण्डमा थप सिलिन्डर उपलब्ध गराउने र निरन्तर भर्ने गरी), ३०० शैय्याको आइसोलेसन बेड, निःशुल्क उपचार र निःशुल्क खानाको व्यवस्था गरिएको सामाजिक सञ्जालमार्फत पौडेलले जानकारी दिएका छन्।

नागार्जुन नगरपालिका, नेपाल चार्टर्ड एसोसिएसन, नेपाल चार्टर्ड एकाउन्टेन्ट एसोसिएसन र सर्वाङ्ग अस्पताल प्रालिको समन्वयमा आइसोलेसन सञ्चालनमा ल्याइएको पनि उनले जानकारी दिएका छन्।

उनका अनुसार कोभिड उपचारका लागि निम्न व्यक्तिहरुसँग सम्पर्क गर्न सकिनेछ

प्रकाश ज्ञवाली– ९८४१३८७८४२

भरत पौडेल– ९८५१२०८३३८

सुदीप लामा (एम्बुलेन्सका लागि)– ९८६०७११५१९
 

प्रकाशित: May 23, 2021| 10:31 आइतबार, जेठ ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।