बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • निषेध आदेश पालना गराउन हिँडेको प्रहरी टोलीमाथि आक्रमण

निषेध आदेश पालना गराउन हिँडेको प्रहरी टोलीमाथि आक्रमण

विराटनगरमा निषेध आदेश उल्लंघन गर्नेहरुले प्रहरीमाथि आक्रमण गरेका छन्।
 |  आइतबार, जेठ ९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ९, २०७८

विराटनगर– विराटनगरमा निषेध आदेश उल्लंघन गर्नेहरुले प्रहरीमाथि आक्रमण गरेका छन्। निषेध आदेशको पालना गर्न आग्रह गर्दै पुगेको प्रहरी टोलीमाथि विराटनगर–१ पुष्पलाल चोकमा शनिबार साँझ ७ बजेतिर प्रहरीमाथि आक्रमण भएको हो। 

बारम्बार बन्द गर्न आग्रह गर्दा पनि अटेर गरिरहेको समूह बाँस र भाटा लिएर मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राई नेतृत्वको टोलीमाथि आक्रमणमा उत्रिएको प्रहरीले बताएको छ। प्रहरीमाथि आक्रमण हुन थालेपछि पुष्पलाल चोकको अवस्था केहीबेर तनावग्रस्त बनेको प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए। 

प्रहरीले आक्रमणमा संलग्नमध्ये पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा विराटनगर–१ की ४० वर्षीया आशा साह, १८ वर्षीया मेनुका साह, २२ वर्षीया अञ्जना साह, १९ वर्षीया उषा साह र अजय साह रहेका छन्। 

एसपी खड्काले पक्राउ परेकाहरुमाथि आवश्यक कारबाही अघि बढाउन अनुसन्धान भइरहेको जानकारी दिए। कोरोना तीव्र रुपमा फैलिइरहेको संक्रमण नियन्त्रण गर्नका लागि स्थानीय प्रशासनले निषेध आदेश लगाएको छ। निषेध आदेशको समयमा पनि प्रत्येक दिन बिहान ६ देखि १० बजेसम्म तरकारी, फलफूल, दूध, खाद्यान्न लगायत अति आवश्यकीय वस्तु खरिद एवं बिक्री गर्न खुला गरिएको छ। 

कोरोना महामारीमा जोखिम मोलेर प्रहरी जनतालाई संक्रमणबाट जोगाउन लागि परे पनि कतिपयले कुरा नबुझिदिँदा र निषेध आदेशको उल्लंघन गर्दा समस्या हुने गरेको एसपी खड्काले बताए। उनका अनुसार कोरोना नियन्त्रणका लागि सडक एवं सार्वजनिकस्थलमा भिडभाड हुन नदिने, बजार पसल तथा सवारी साधन सञ्चालनमा कडाइ गर्ने, मास्क तथा सेनिटाइजर वितरण गर्ने, खुलेआम हिँडडुल गर्नेलाई मास्क लगाउन आग्रह गर्ने काम निषेध आदेशका समयमा प्रहरीले गरिरहेको छ।

मोरङमा कोरोना संक्रमण तीव्र रुपमा बढ्दै गएपछि गत वैशाख १८ गतेदेखि निषेध आदेश लगाइएको छ। पछिल्लो पटक थप गरिएको निषेध आदेशको अवधि जेठ ११ गतेसम्म रहेको छ। 
 

प्रकाशित: May 23, 2021| 10:21 आइतबार, जेठ ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।