बुधबार, असोज १४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • बैंकमा जति रकमको पनि कारोबार हुन्छ, नगरे कारबाही हुन्छ : गभर्नर अधिकारी

बैंकमा जति रकमको पनि कारोबार हुन्छ, नगरे कारबाही हुन्छ : गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थामा ५० हजार रुपैयाँभन्दा कम कारोबार गर्न नमिल्ने निर्देशन राष्ट्र बैंकले नदिएको स्पष्ट पारेका छन्।
 |  आइतबार, जेठ ९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ९, २०७८

काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थामा ५० हजार रुपैयाँभन्दा कम कारोबार गर्न नमिल्ने निर्देशन राष्ट्र बैंकले नदिएको स्पष्ट पारेका छन्।

बैंकहरुले ५० हजारभन्दा कम रकमको कारोबार नगरेको गुनासो ग्राहकबाट आएपछि गभर्नरले प्रष्टोक्ति दिएका हुन्। 

गत वैशाख ३० गते बढ्दो कोरोना संक्रमणका कारण ५० हजार रुपैयाँभन्दा तलको रकम कारोबार नगर्न नेपाल बैंकर्स संघले वाणिज्य बैंकहरुलाई निर्देशन दिएको थियो। बैंक तथा वित्तीय संस्थाका कर्मचारी पनि संक्रमित भएको र थोरै रकमको कारोबार अनलाइनमार्फत नै गर्न सकिने भएकोले अनलाइन बैंकिङलाई प्रोत्साहित गर्न यस्तो निर्णय गरिएको संघले बताएको थियो।

एक ग्राहकले ट्विटरमा गुनासो गरेपछि गभर्नर अधिकारीले स–सानो रकमको कारोबार गर्न नपाउने भन्ने कुनै व्यवस्था नभएको बताएका छन्। गभर्नर अधिकारीले नेपाल राष्ट्र बैंकले यस्तो प्रकारको कुनै निर्देशन नदिएको पनि स्पष्ट पारे। कुनै बैंकले त्यस्तो गरेको भए कारबाही हुने उनले बताए। 
 

प्रकाशित: May 23, 2021| 10:01 आइतबार, जेठ ९, २०७८
प्रतिक्रिया दिनुहोस्