बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मिसन पत्रकारिताले सरकारका उपलब्धि देखेन, बुद्धिजीवीहरु संविधानको अपव्याख्यामा उत्रिए : ओली

मिसन पत्रकारिताले सरकारका उपलब्धि देखेन, बुद्धिजीवीहरु संविधानको अपव्याख्यामा उत्रिए : ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले मिसन पत्रकारिता गर्नेहरुले सरकारको उपलब्धि नदेख्ने गरेको गुनासो बताएका छन्।
 |  आइतबार, जेठ ९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ९, २०७८

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मिसन पत्रकारिता गर्नेहरुले सरकारको उपलब्धि नदेख्ने गरेको गुनासो बताएका छन्। उनले प्रेस चौतारी निकट पत्रकारहरुसँग प्रधानमन्त्री निवास बालुवाटारमा कुराकानी गर्दै यस्तो बताएका हुन्।

‘मिसन पत्रकारिता गर्नेहरुले सरकारको उपलब्धि देख्दैनन्, उपलब्धिको बारेमा चर्चा गर्दैनन्। कमजोरीको मात्र चर्चा गर्छन्। कमजोरी नभए बनावटी चर्चा गर्ने, मार्मिक कहानी बनाउने। यस्तो बेलामा मार्मिक अवस्था बन्छ पनि। त्यस मार्मिक स्थितिको चित्रण गर्ने?

प्रधानमन्त्री ओलीले बुद्धिजीवीहरु पनि संविधानप्रति निष्ठा नराखी अपव्याख्यामा उत्रिएको आरोप लगाएका छन्। उनले संविधानको अपव्याख्या गरेर केही बुद्धिजीवीले लोकतन्त्र र विधिमाथि नै अविश्वासको वातावरण बनाएको भनाइ राखे।

संविधानको धारा ५ अनुसारको संविधान बन्न विपक्षीले नै नदिएको दाबी प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन्। उनले संविधानको सो धाराअनुसार सरकार नबनेपछि संसद् विघटन भएको उनको भनाइ छ। उनले भने, ‘कसरी कु भएको छ, अपव्याख्या गरिएको छ।’

प्रकाशित: May 23, 2021| 09:08 आइतबार, जेठ ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।