बुधबार, भदौ १०, २०८३

माधव–झलनाथ पक्षका सांसद हस्ताक्षर संकलन गर्दै

नेकपा एमालेको असन्तुष्ट पक्ष माधव झलनाथ पक्षका सांसदहरु संसद भवन नयाँ बनेश्वरमा भेला भएका छन्। 
 |  आइतबार, जेठ ९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ९, २०७८

काठमाडौं– नेकपा एमालेको असन्तुष्ट पक्ष माधव झलनाथ पक्षका सांसदहरु संसद भवन नयाँ बनेश्वरमा भेला भएका छन्। 
उनीहरुले सर्वोच्च अदालतमा रिट दायर गर्नका लागि अहिले हस्ताक्षर गरिरहेका छन्।  सांसद रामकुमारी झाँक्रीले संसद र संविधान जोगाउन आफूहरुले हस्ताक्षर संकलन गरिरहेको बताइन्। 

सांसदहरु सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, रामकुमारी झाँक्री, निरा जैरु, झपट रावलसहितका सांसद भेला भएका हुन्। उनीहरुले ३० जति सांसदले हस्ताक्षर गर्ने दाबी गरेका छन्। हस्ताक्षर संकलन सुरु हुँदा योगेश भट्टराई र गोकर्ण विष्ट उपस्थित छैनन्। राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ९५० बमोजिम सरकार गठनको आह्वान गर्दा नेपाली कांग्रेसका शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठनका लागि एमालेका २७ जना सांसदहरुले हस्ताक्षर गरेका थिए।

प्रकाशित: May 23, 2021| 08:59 आइतबार, जेठ ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।