बुधबार, भदौ १०, २०८३

 सिलिन्डरको समस्या समाधान भयो : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अब अक्सिजनको सिलिन्डरमा समस्या नरहेको बताएका छन्।
 |  आइतबार, जेठ ९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ९, २०७८

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अब अक्सिजनको सिलिन्डरमा समस्या नरहेको बताएका छन्।

उनले बालुवटारमा आफू निकट पत्रकारसँगको सम्बोधनमा भने, ‘हामीकहाँ अब सिलिन्डिरको समस्या छैन। प्लेनमा हालेर हजरौं खर्च गरेर ल्याएका छौं।’ उनले कोरोना संक्रमित बिरामीको उपचारका लागि अक्सिजन, भेन्टिलेटर र आाईसीयूको व्यवस्थापन भइरहेको बताए।

ओलीले जनताको ज्यान जोगाउनु महत्त्वपूर्ण कुरा भएकाले सरकार यसमा संवेदनशील रहेको बताए। उनले दक्षिण एसियामा भारतपछि नेपालले कोरोनाको खोप लगाएको भनाइ पनि दोहो¥याए। तर ओलीले बाँकी खोप कहिले आउँछ भने केही बताएनन्। उनले कोरोना नियन्त्रणबाट चाँडै पार पाइने दाबी पनि गरे। 

सुरुमै लकडाउन गरेर जोगिएको दाबी उनको थियो। उनले स्वास्थ्य मापदण्ड पालनामा कडाइ गर्दा कोराना नियन्त्रण बाहिर जान नसकेकोब बताए। उनले पछिल्लो अवधिमा राजनीतिक, धार्मिक, सांस्कृतिक कारण र खुला सीमाका कारण र जनस्तरमा पनि कोरोना अब आउँदैन भन्ने विश्वासका कारणले संक्रमण फैलिएको उनको भनाइ थियो।

कतिपय नेताहरु आफैं बस व्यवस्थापन गरेर मान्छे ओसारपसारमा केन्द्रित रहेको उनको आरोप थियो। जनताको जीवन रक्षालाई पनि प्राथमिकता नदिएका कारण दोस्रो लहर देखा परेको उनको भनाइ छ।

प्रकाशित: May 23, 2021| 08:37 आइतबार, जेठ ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।