बुधबार, भदौ १०, २०८३

सर्वोच्चमा दायर गरिने रिटको खाका तयार

प्रतिनिधिसभा विघटनविरुद्ध विपक्षी गठबन्धनले सर्वोच्च अदालतमा पेश गर्ने रिट निवेदनको खाका तयार पारेको छ।
 |  आइतबार, जेठ ९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ९, २०७८

काठमाडौं– प्रतिनिधिसभा विघटनविरुद्ध विपक्षी गठबन्धनले सर्वोच्च अदालतमा पेश गर्ने रिट निवेदनको खाका तयार पारेको छ।

विपक्षी गठबन्धनका तर्फबाट अधिवक्ताहरु गोविन्द बन्दी, मुक्ति प्रधान, योगेन्द कार्की, सतिशकृष्ण खरेल र खम्बबहादुर खातिले रिटको खाका तयार पारेका हुन्। उक्त खाकालाई अन्तिम रुप दिने जिम्मा भने वरिष्ठ अधिवक्तासमेत रहेका राष्ट्रियसभा सदस्य राधेश्याम अधिकारी, सांसद देव गुरुङ र कांग्रेस नेता रमेश लेखकलाई दिइएको छ। रिट तयार भएपछि आज नै सर्वोच्च पुगेर दर्ता गरिने छ। 

‘आफूसित बहुमत छैन भनेर वैकल्पिक सरकारका लागि आह्वान गर्ने अनि तीनै प्रधानमन्त्रीले असंवैधानिक रुपमा संसद विघटन गर्ने काम भएको छ,’कांग्रेस नेता रमेश लेखकले भने, ‘बहुमतसहितका हस्ताक्षर लिएर जाँदा राष्ट्रपतिले त्यसलाई अस्वीकृृत गरेर संसद विघटनको बाटो खोजेको देखिएको छ।’ उनले संसद विघटनविरुद्ध आफूहरुले राजनैतिक र कानूनी लडाइ लड्ने बताइसकेकाले त्यसै अनुसार अघि बढ्ने बताए।

प्रकाशित: May 23, 2021| 08:36 आइतबार, जेठ ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।