बुधबार, चैत ११, २०८२

पेले विश्वकपको उद्घाटनमा नजाने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
एजेन्सी- ब्राजिलियन फुटबल हस्ती लेजेन्ड पेले जुन १४ को विश्वकप उद्घाटन समारोहमा उपस्थित नहुने भएका छन् । खराब स्वास्थ्यका कारण बिहीबार हुने उद्घाटनमा उनी नजाने भएका हुन्  । 

उनका प्रवक्ताले सञ्चारकर्मीहरुलाई दिएको जानकारी अनुसार उनको खुट्टामा समस्या देखिएको छ। यदि उक्त समस्या समाधान भएन भने उनी उद्घाटनमा उपस्थित हुनेछैनन्।

यसअघि २०१८ विश्वकपका सबैभन्दा विशिष्ट अतिथिका रुपमा बोलाइएकाले जुन १४ मै उनको भ्रमण निर्धारित गरिएको थियो । तर अन्तिम समयमा कमजोर स्वास्थ्यका कारण कार्यक्रम रद्द गराउनुपर्ने अवस्था रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले बताएका हुन् ।

७८ वर्षीय पेलेले यसअघि नै खुट्टा र हड्डी सम्बन्धि विभिन्न शल्यक्रिया गराइसकेका छन् जसकारण पछिल्लो समय उनी सार्वजानिक स्थानमा अत्यन्तै कम देखा पर्ने गरेका हुन् । यसअघि भने उनले ब्राजिलको टिमप्रति चिन्ता व्यक्त गर्दै बयान दिएका थिए । 

७८ वर्षीया पेलेले ब्राजिललाई तीन विश्वकपको ट्रफी दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए। सन् १९५८, १९६२ र १९७० मा ब्राजिलले ट्रफि उचाल्दा पेले ब्राजिलको टिमका मुख्य खेलाडी थिए ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।