बुधबार, भदौ १०, २०८३

मास्क कालोबजारी गर्ने पक्राउ

मास्कको कालोबजारी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
 |  आइतबार, जेठ ९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ९, २०७८

काठमाडौं– मास्कको कालोबजारी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। मोरङको विराटनगर महानगरपालिका–९ स्थित अधिकारी फार्मेसीका सञ्चालक ३१ वर्षिय भुपेन्द्रनाथ अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो।

अधिकारीले सुनसरी नगरपालिका–७ का ३७ वर्षिय श्याम चौधरीलाई ६ हजार ८ सय ८० रुपैयाँ पर्ने सिलिकन फुल फेस मास्कलाई ८ हजार ५ सय रुपैयाँमा बिक्री गरेका थिए। जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले अधिकारीलाई १ थान सिलिकन फुल फेस मास्कसहित फार्मेसीबाटै पक्राउ गरेको हो।

प्रहरीले अधिकारी माथि कालोबजार तथा अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ अन्तर्गत कारबाही गर्ने जनाएको छ।

प्रकाशित: May 23, 2021| 08:05 आइतबार, जेठ ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।